पछिल्लो समय खोला किनारमा गरिने छठ पुजा यो बर्ष भने ब्रतालुले साधारण तरिकाबाट घर आगनमै बनाउने भएका छन् । कोरोना भाइरस र यसको त्रास संसंगै धार्मिक गतिविधि नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि घरमै खाल्डो खनि पानिले भरेर खोलाझै रंगाई बिधिवत रुपमा ब्रत बस्ने ब्रतालुहरुले बताएका छन् । कोरोना भाइरसका कारण खोलामा जादाँ भिड भएकाले यहि पुजा गरेको जय प्रकास चौधरी बताउछन् ।

विगतका वर्षहरुमा धुमधामका साथ बृद्ध गंगा नदि किनारामा छठ सेवा समितिले दशै सकिए लगतै देखि छठका लागि तयारी गर्ने गरेकोमा यस पटक भने कुनै व्यवस्थापन नगरिएको समितिका अध्यक्ष बासु साह वताछन । आफ्नो घर नजिकै पुजा गरी जोखिमबाट बच्न समेत अनुरोध गरेका छन् साथै स्वास्थ्य सुरक्षा अपनाउदै भौतिक दुरी कायम गरी मनाउ समितिले आग्रह गरेको अध्यक्ष साहले जानकारी दिए ।

यो वर्ष कोरोनाका कारण स्वास्थ्य सुरक्षा अपनाउदै मनाउन समितिले आग्रह गरेको र सोही अनुसार भक्तजनहरुले गरिरहनु भएको समितिका महासचिव बासुदेव कर्णले वताए । स्थानीय सरकार र जिल्ला प्रशासनको निर्देशनलाई मानेर आफुलाई पायक पर्ने गरी स्वास्थ्य सुरक्षा अपनाएर आगन ,पोखरी तथा खाडल वनाएर पानी जमाएर मनाउन आग्रह गरिएको कर्णले जानकारी दिए ।
खोला किनारमा छठ पर्व नमनाउनु भनेसंगै अधिकासंले घर आगनमा नै मनाउन थालेका हुन छठ पर्वको ठुलो धार्मिक आस्था रहेकाले पनि घरमै पुजा गरिएको हो ।

तपाईको प्रतिक्रिया