इटहरी/  इटहरीका कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको छ ।  सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान ५ः५० बजेतिर मृत्यु भएको अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धको रिपोर्ट कात्तिक २७ गते पोजिटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो । देवका अनुसार मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेका वृद्धलाई पछिल्लो समय ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने समस्या थपिएको थियो ।

तपाईको प्रतिक्रिया