नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ।

थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छछ।

मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८५८ जना कोरोना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै निधन हुनेको संख्या १ हजार २७६ पुगेको छ।

तपाईको प्रतिक्रिया