इटहरी । सुनसरी र मोरगं जिल्लालाई जोड्ने ऐतिहासिक वुढी गंगा नदी हो , सुर्य देवताको उपसना गरी मनाइने छठ पर्व यस नदि किनारामा समेत भव्य रुपमा मनाउने गरिन्छ तर छठको दोस्रो दिन आज यहाँ सुन्सान छ ।
कोरोनाका कारण सामुहिक रुपमा धार्मिक गतिविधि समेत नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि यो नदिमा यस वर्ष छठको तयारी गरिएको छैन ।
कार्तिक शुक्ल चर्तुदसी देखि सप्तमी चार दिन सम्म श्रद्धा र निष्ठाका साथ मनाइने छठ पर्वको लागि दोस्रो दिन अर्थात खरनाका दिन  पुजा घाट निर्माण र सजिसजाउ गर्ने गरिन्छ तर यो वर्ष कोरोनाका कारण वुढी गंगा नदी क्षेत्र सुनसान बनेको हो ।

विगतका वर्षहरुमा धुमधामका साथ वुढी गंगा नदि किनारामा छठ सेवा समितिले दशै सकिए लगतै देखि छठका लागि तयारी गर्ने गरेकोमा यस पटक भने कुनै व्यवस्थापन नगरिएको समितिका अध्यक्ष बासु साह वताछन ।
स्वास्थ्य सुरक्षा अपनाउदै भौतिक दुरी कायम गरी मनाउ आग्रह समितिले गरेको अध्यक्ष साहले जानकारी दिए ।
विगत २८ वर्ष अघि देखि इटहरीमा पनि छठपर्व मनाउदै आइएको यस वर्ष कोरोनाका कारण स्वास्थ्य सुरक्षा अपनाउदै मनाउन समितिले आग्रह गरेको र सोही अनुसार भक्तजनहरुले गरिरहनु भएको समितिका महासचिव बासुदेव कर्णले वताए । स्थानीय सरकार र जिल्ला प्रशासनको निर्देशनलाई मानेर आफुलाई पायक पर्ने गरी स्वास्थ्य सुरक्षा अपनाएर आगन ,पोखरी तथा खाडल वनाएर पानी जमाएर मनाउन आग्रह गरिएको कर्णले जानकारी दिए ।
छठ पुजाका लागि प्रयोग गरिने सामाग्रीहरुको विक्री समेत विगतको तुलनामा घटेको व्यापारीहरु गुनासो गर्दछन ।  कुनिया ,ढाकी लगायतका सामाग्रीहरु विक्री गर्दै आएका व्यापारी तुलाराम राई अघिल्लो वर्षको तुलनामा यस वर्ष २० देखि ३० प्रतिशतले व्यापार घटेको वताउछन।
अघिल्लो वर्ष  वुढी गंगा नदि किनारामा ४सय बढी पुजा घाट  छठ सेवा समितिले निर्माण गरेको थियो ।

तपाईको प्रतिक्रिया