कोरोना भाइरस महामारीले विश्व नै आक्रान्त बनेको छ । कोरोनाको औषधि अहिलेसम्म पत्ता लागेको छैन ।

संक्रमणबाट जोगिनका लागि सामाजिक दूरी कायम गर्ने, हात नियमित रुपमा धुने र मास्क लगाउनु नै विकल्प रहेको विश्वस्वास्थ्य संगठनले बताउँदै आएकोछ ।

तर मानिसहरु मास्क नलगाइ सडकमा हिँड्ने गरेको पाइन्छ ।

यसरी हिड्नेलाई नियन्त्रणमा लिने, मास्क दिने र सुझाव दिने काम नेपालमा पनि हुने गरेको छ ।

विश्वका कतिपय देशमा मास्क नलगाइकन हिँड्नेमाथि कारवाही गर्ने गरिएको समाचार सार्वजनिक हुने गरेको छ ।

यसैक्रममा इन्डोनेसियाको पूर्वी जाभामा मास्क लगाउन नमान्नेहरूलाई कोरोनाका कारण मरेका मानिसको चिहान खन्न आदेश दिइएको छ ।

ग्रेसिक भन्ने ठाउँमा मास्क लगाउन नमान्ने आठजनालाई न्गाबेतान गाउँमा रहेको सार्वजनिक कब्रिस्तानमा चिहान खन्न लगाइएको हो ।

सेर्मे जिल्ला प्रमुख सुयोनोले भने, ‘अहिले तीनजना मात्र चिहान खन्ने मानिस उपलब्ध छन् त्यसैले अटेरीहरूलाई पनि उनीहरूसँगै चिहान खन्नका लागि आदेश दिएको हुँ ।’

‘मास्क नलाउनेहरूलाई यसले राम्रै सबक सिकाएको हुनुपर्छ,’ उनले ट्राइब्युन न्युजलाई बताए ।

सेर्मेमा कोभिड–१९ का केसहरू बढिरहेका छन् । त्यसैले गाउँलेहरू सुरक्षा उपाय दह्रो बनाइरहेका छन् ।

नयाँ प्रोटोकल बेवास्ता गर्नेहरूलाई जरिवाना तिर्न वा सामुदायिक सेवा गर्ने सजाय दिइएको छ ।

महामारी शुरू भएदेखि जकार्ताका दुई कब्रिस्तानमा २६ सयजनालाई गाडिएको नादी बिन एजीले बताए ।

बिहान सात बजेदेखि मध्यरातसम्म चिहान खनेर बसेको र छिमेकीहरू आफूबाट कोरोना सर्ने हो कि भनी डराइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया