काठमाडौं । उपचारका नाममा महिलाहरुबाट जबर्जस्ती यौन धन्धा गराउँदै आएका एक भारतीय ‘बाबा’ पक्राउ पक्राउ परेका छन् ।

भारतीय राज्य उत्तर प्रदेशको लखनउबाट महिलाहरुलाई जबर्जस्ती यौन धन्धामा लगाएको आरोपमा काले बाबा नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ठाकुरगञ्जस्थित मस्जिदको रेखदेख गर्दै आएका काले बाबा नामका ती व्यक्तिले मस्जिदभित्रै यस्तो धन्धा चलाउँदै आएका थिए ।

प्रहरीलाई दिएको बयानमा काले बाबा नाम गरेका ती व्यक्तिले उपचारको नाममा महिलाहरुबाट यौन धन्धा गराउने गरेको स्वीकार गरेका छन् ।

स्थानीयले मस्जिदभित्रै एक महिला र पुरुषलाई आपत्तिजनक अवस्थामा भेटेपछि स्थानीयले दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

कोठाभित्रको दृश्य भिडियो खिचेर समेत स्थानीय युवाले सामाजिक सञ्जालमा समेत राखिदिएका छन् । उक्त भिडियो केही घण्टामा नै भाइरल बनेको थियो ।

भिडियो भाइरल भएपछि स्थानीय प्रहरीले मस्जिदको रेखदेख गर्दै आएका भनिएका काले बाबालाई पनि पक्राउ गरेको थियो ।

पक्राउ परेका उनले प्रहरीलाई बयान दिँदै आफूले नै मस्जिद भित्र यौन धन्दा चलाउने गरेको स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया