सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपाल लगायतका नेतासँग बालुवाटामार आईतबार भेटवार्ता गरेका छन् । वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री ओलीले संवादका लागि बालुवाटार बोलाएका र उनीहरुबीच छलफल भइरहेको स्रोतले बतायो ।

कार्यकारी अध्यक्षसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको अर्को दिन प्रधाममन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डेसँग प्रधानमन्त्रीले कुराकानी गरेको एक नेताको भनाई छ ।

शनिबारको बैठकमा नेता नेपालले ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । स्रोतका अनुसार त्यसको अर्कोदिन ओलीले छलफलका लागि बोलाएको हो ।

शनिबार बालुवाटार जाने पाँच नेतामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको सहमतिका लागि लिखित आग्रह गरेका थिए । पछिल्लो समय अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया