भोजपुर । भोजपुरको आमचोक–४ बालंखामा वडा स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।

बालंखा खेलकुद विकाश समितिको आयोजनामा यहि कार्तिक २५ गतेदेखि २७ गतेसम्म खेलकुद प्रतियोगिता हुन लागेको समितिका अध्यक्ष किरण विष्टले जानकारी दिएका छन् । नेपालीहरुको महान चाँड दशै, शुभदीपावली तथा छठ पर्वलाई लक्षित गरि अन्तर वडा स्तरीय खेलकुद प्रतियोगिता गर्न लागिएको विष्टले बताए ।

उनका अनुसार यस प्रतियोगितामा आम्चोक गाउँपालिका भरिका वडाका व्यक्ति सहभागी हुन सक्नेछन् । साथै सहभागी हुन इच्छुक व्यक्तिले २५ गतेसम्ममा आफ्नो नाम दर्ता गराइसक्नु पर्ने उनको भनाइ छ ।

अन्तर वडा स्तरीय फुटबल र भलिबल प्रतियोगितामा बिजेता हुनेलाई रु २५००० रुपैयाँ र उपबिजेता हुनेलाई रु २०००० नगद पुरस्कारसहित शिल्ड, प्रमाणपत्र तथा मेडल वितरण गरिने उनले बताए । यस्तै, वडा स्तरीय हाजिरिजवाफमा बिजेता हुनेलाई रु ५००० र उपबिजेतालाई रु २५०० नगदसहित शिल्ड, प्रमाणपत्र तथा मेडल वितरण गरिने उनले जानकारी दिए ।

खेलकुद प्रतियोगिता आमचोक–४ बालंखास्थित पानीटार खेलमैदानमा हुनेछ । साथै फुटबल र भलिबलको टिम दर्ता शुल्क रु २५०० रुपैयाँ राखिएको छ भने हाजिरिजवाफको लागि रु ५०० रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया