धनकुटा । जिल्ला कफि व्यावसायि संघ धनकुटाका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सल्लाहकार समिति सदस्य एवं सक्रिय नेता डिल्लीश्वर दर्नालकाे मृत्यु भएकाे छ । उहाँ केहि दिनअघि प्रेसरले हानेर ढल्लनु भएकाे थियाे । उहाँलाई उपचारका लागि विराटनगर स्थित नाेवल शिक्षण अस्पतालमा भर्ना गरिएकाे थियाे । अस्पतालकाे उपचार पश्चात घर फर्किएका ६३ बर्षिय दर्नालकाे धनकुटा नगरपालिका वडा नम्वर ५ स्थित उहाँकै घरमा मृत्यु भएकाे हाे । उहाँकाे मृत्यु सँगै काेराेना पाेजेटिभ देखिएकाे जनाईएकाे छ । उहाँले केहि बर्ष अघि मात्र जिल्लामा कफि खेती र व्यावसायलाई प्राथमिकता दिदै कफि खेतीबाटै जिल्लालाई चिनाउन अाफ्नै अध्यक्षतामा जिल्ला कफि व्यावसायि संघ धनकुटा दर्ता गरि कफि खेतीकाे क्षेत्रमा फड्काे मार्दै कफि खेती विस्तारमा अग्रडि भुमिका खेल्दै अाउनु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया