ईटहरी/ बडादशैँकाे अवशरमा कलाकारहरूले आफ्नो परिवारसँग मिलेर टीका लगाएका छन् ।

कोभिडका कारण सुरक्षित रुपमा सामाजिक दुरी कायम गर्दै कलाकारहरूले सामाजिक सञ्जालमा दशैँकाे फोटो पोस्ट गरेका छन्  ।

संगीतकार, निर्माता, निर्देशक तथा गायक-गायिका र नायक-नायिकालगायतले दशैंको टिका लगाएको तस्वीर सामाजिक संजालमा शेयर गरेका हुन् । स्तैमा पछिल्लो समय निक्कै चर्चामा आएकी गायिका रचना रिमालले पनि कोरोनाको कहर बिचमा दशैलाई हर्शोल्लासपुर्ण रुपमा मनाएकी छन् ।

कर्मथलोको कामलाई थाती राखेर दशै मनाउन झापा घर पुगेकी रचनाले आफ्नो परिवार संग खुसी साट्दै मान्यजनबाट आशीर्वाद थापेकी छन् । हेर्नुस् उनको दशैको केही रमाईलो पलका तस्वीरहरु ।

तपाईको प्रतिक्रिया