ईटहरी/ गतबर्षको फागुण १६ गते बैबाहिक जीवनमा बाधिएकी नायिका प्रियंका कार्कीका लागि यो बर्षको दशैं बिशेष रह्यो । उसो त, नायिका कार्कीले नायक आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेपछि नै आयुष्मानकी आमा रविना देशराज जोशीसँग टिका नलाएकी होइनन् । तर, यसपटक रविनासँग आयुष्मान, प्रियंका र नायक आशिरमान देशराज जोशीले एकसाथ टिका थापे ।

यस्तै, आयुष्मान पहिलो ज्वाइको रुपमा प्रियंकाको माइतीघरमा टिका थाप्न पुगे । बैबाहिक जीवनमा बाधिएपछि भैसेपाटीमा बस्दै आएका आयुष्मान र प्रियंकाको टिका थाप्ने दौडधुप गज्जबको देखिएको थियो । रातो सारीमा सजिएर टिका थाप्न पुगेकी प्रियंकाले आफ्नो परिवारबाट मायाको आर्शिवाद थापेको उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया