इटहरी/ इटहरीमा केहि समय अगाडिबाट सञ्चालनमा आएको आइसुलेसनमा युवाहरुले बाफ लिने मेसिन समयोग गरेका छन् । इटहरीमा कोरोना संक्रमितको संख्या उच्च गतिमा बढेसंगै केहि बिरामिहरुलाई स्वास प्रश्वासमा जटिल समस्या देखिएका कारण यस्तो मेसिन सहयोग गरिएको हो । सोसियल रिकन्ड्रक्सन फाउन्डेसनका अध्यक्ष समेत रहेका इटहरी १ का राम निरौला, इटहरी १ का वडासदस्य कैलाश कार्की लगायतको नेतृत्वमा युवाहरूले आइसोलेसनमा रहेका संक्रमितहरुलाई बाफ लिने १५ थान मेसिन सहयोग गरेका हुन् ।
आइसुलेसनमा बसेका संक्रमितहरुलाई स्वास प्रश्वासमा समस्या महोस भन्ने उदेश्यले इस्टिम भापोराईजर नामक बाफ लिने मेसिन सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । अहिलेको विषम परिस्थितिमा सरकारले कोरोना संक्रमितको लागि उचित काम नगरेको भन्दै आँफूहरुले सहयोग गरिएको राम निरौले बताए ।

नियमित दैनिक २/३दिन पटक वाफ लिन्दा घाँटीकाे ईन्फेक्सन हुन वाट राेक्ने र भाईरसलाई कमजाेर वनाउन सहयाेग पुग्ने छ इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले बताए ।

इटहरीको यस आइसुलेसनमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको अबस्थामा सोसियल रिकन्ड्रक्सन फाउन्डेसनका युवाहरूले कोरोना संक्रमितहरुका लागि जोखिमका बाबजुद पनि बाफ लिने मेसिन सहयोग गर्नु महत्त्वपूर्ण काम रहेको इटहरी उपमहानगरपालिका वडा न ९ का वडा अध्यक्ष तथा आइसोलेसनका संयोजक भुपेन्द्र बराल बताए ।

पछिल्लो समय युवाहरु समाजसेवा भन्दा अलग हुने गरेको यि युवाहरुको काम उदाहरणीय रहेको छ ।

तपाईको प्रतिक्रिया