ईटहरी । नेपाली सेनाले एभिन्युज खबरका प्रदेश नम्बर १ का प्रादेशिक व्युरो प्रमुख तथा अग्रज पत्रकार सचिन पोख्रेललाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरेको छ ।

महासप्तमी तथा फुलपातिको अवसरमा सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले पोख्रेललाइ नेपाली सेनाको समग्र हितका लागि आफनो क्षेत्रबाट उत्कृष्ट योगदान गरेको भन्दै प्रधानसेनापति प्रशंसा पदकबाट सम्मान गरेका हुन् ।
सम्मानित एभिन्युज प्रादेशिक व्युरो प्रमुख पोख्रेल पुर्वी नेपाललाई कार्यक्षेत्र बनाइ दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। पत्रकारिताको अतिरिक्त उनी विगत लामो समयदेखि सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा पनि सक्रिय रहदै आएका छन । उनी पुर्वी नेपालका विभिन्न एक दर्जनभन्दा वढि सामाजिक संघसस्थामा पनि आवद्ध छन ।
सोही समारोहमा प्रधानसेनापति थापाले अनलाईन खवरका गौरव पोखरेल र सेतोपाटीका सञ्जीव बगालेलाई समेत प्रधानसेनापति प्रशसा पदक प्रदान गरे । त्यसै गरी अन्पुर्ण पोस्टका शम्भु कट्टेल पनि प्रधानसेनापति प्रशसा पदकबाट सम्मानीत भएका छन ।
प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाई पनि सो पदकबाट सम्मानित भएका छन । नेपाली सेनाका विभिन्न तहमा रहेर उत्कृष्ट काम गर्नेहरु विभिन्न व्यक्तिहरुलाई समेत पदक प्रदान गरियो ।

तपाईको प्रतिक्रिया