इटहरी । सप्तरी कन्चनपुरको बरमझीया पेडाका लागि प्रसिद्ध ठाउँ हो ।

दुधबाट बनाइने पेडाका लागि प्रसिद्धी कमाएको बरमझीयामा ५० भन्दा बढी पेडा पसलहरु रहेका छन तर पछिल्लो समयमा बढी मुनाफाका लागि मिसाबट गरे विक्री गर्नेहरु समेत वढेको स्वयम पेडा व्यवसायी गुनासो गर्दछन ।
पेडाकै कारण पहिचान बनाएको बरमझीयामा रहेका पेडा पसलहरुको नाम समेत मिल्दा जुल्दा राखेर सञ्चालन गरिएका कारण समेत गुणस्तरीय वनाएर बेच्नेहरु समेत मारमा परेको पेडा व्यवसायीहरुले गुनासो गरेका छन । बरमझीयाको पेडाको चर्चा मुलुकभर मात्र नभएर छिमेकी मुलुक भारत सम्म पुगेको छ सिमा पारीबाट भारतीयहरु समेत पेडा किन्नका लागि बरमझीया आउने गरेका छन ।

बरमझीयाको पेडाले प्रसिद्धी कमाएसंगै पेडा पसल खोल्ने क्रम पनि बढी रहेको छ । पेडा अधिक विक्री हुने बरमझीयामा पेडा दोस्रो पेडा पसल सञ्चालनमा ल्याउने गंगाई साह पछिल्लो समयमा पेडामा मिसावट गरेर वेच्नेहरुले समस्या पारेको वताउछन ।

दुधबाट मात्र वनाइने पेडा अन्य सामाग्री मिसावट गरेर बेच्ने देखि लिएर उस्तै नाम राखेर ग्राहकहरुलाई झुक्याउने काम समेत गरिदै आएको समेत साहको गुनासो रहेको छ ।
गुणस्तरका मान्छेहरुले समेत वास्था नगरेको कारण समेत बरमझीया क्षेत्रको पेडाको गुणस्तर खस्कीएको बुढो बाबा पेडा भण्डारका सञ्चालक आफुले समय समयमा गुणस्त जाचको लागि पठाउने गरेको वताउदै आफुहरुले गुणस्तीय पेडा वनाउदै आएको भएपनि गुणस्तरहिन बनाएर सस्तोमा विक्री गर्नेहरुका कारण मारमा पर्न थालेको समेत उनले गुनासो पोखे ।
पहिलो पेडा पसल बरमझीयामा बैजनाथ साहले सञ्चालन ल्याएको केही वर्ष पछि देखि खुल्न थालेका पेडा पसलहरु अहिले बरमझीयामा ५० भन्दा वढी पेडा पसलहरु रहेका छन । पुर्व पश्चिम राजमार्ग क्षेत्र आसपास सञ्चालनमा रहेका बरमझीयामा पेडा पसलहरुका मुख्य ग्राहकहरु पुर्व पश्चिम राजमार्गका यात्रुहरु हुन ।

तपाईको प्रतिक्रिया