इटहरी । कोरोना कहरका कारण हरेक वर्ष फुलपातीका दिन धुमधामका साथ सुनसरीको इटहरीमा गरिदै आएको भगवतीको शोभा यात्रा प्रभावित वनेको छ ।
विगतका वर्षहरुमा समाज कल्याण सत्संगबाट नेपाली सेना , सशस्त्र प्रहरी , नेपाल प्रहरी सहितको सहभागितामा भगवतीको शोभा यात्रा निकाल्ने गरिएकोमा यस पटक भने कोरोना कहरका कारण प्रभावित वनेको हो ।
इटहरी ५मा रहेको सत्संग भवनबाट धार्मिक झाकी सहित इटहरी बजार परिक्रमा गरि राधाकृष्ण शिव मन्दिर हुदै सार्वजनिक दुर्गा पुजा स्थलमा पुजा पाठ सहित सलामी चढाउने गरिएको थियो तर यस पटक भने कोरोनाका कारण औपचारिकता प्रदान गर्दै परम्परालाई निरन्तरता दिने काम गरेको यामप्रसाद निरौलाले जानकारी दिए ।

कोभिडका कारण सरकारको पोटोकल अनुसार  धार्मिक अनुस्ठानहरु गरिएको निरौलाले वताए ।
अन्य वर्षहरुमा नेपाली सेना , सशस्त्र प्रहरी , नेपाल प्रहरी विभिन्न संघ संस्था सहित भक्तजनको उल्लेखिय सहभागितामा भगवतीको शोभा यात्रा गरिदै आएकोमा कोरोनाका कारण शोभा यात्रा नगरिएको समाज कल्याण सत्सगंकी अध्यक्ष अप्सरा भट्टराईले जानकारी दिइन ।
समाज कल्याण सत्संगबाट निकालीएको शोभा यात्रा सार्वजनिक दुर्गा पुजा स्थलमा पुगेर पुजापाठ सहित उद्घाटन गरेपछि सर्वसाधारणका लागि सार्वजनिक दुर्गा पुजा स्थलमा पुजा पाठका लागि खुल्ला हुने गरेकोमा यस पटक सार्वजनिक पुजा स्थल समेत वनाइएको छैन ।

तपाईको प्रतिक्रिया