छिन्ताङ , खाल्साथुम छिन्ताङ युवा क्लब सहिदभूमी गाउँपाालिका वडा नं. 2 धनकुटाले अायाेजना गरेकाे खुल्ला वडा स्तरीय पुरूष फुटवल प्रतियोगिता २०७७ एवं अाउदै गरेकाे वडा दशै तथा दिपावलिलगायतका चाडपर्वहरूकाे शुभकामना अादान प्रदान कार्याक्रमकाे अवसर पारेर जयन्ति राईलाई शहिदभुमि गाउँपालिकाका अध्यक्ष मनाेज राईले सम्मान गर्नु भएकाे छ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य निरन राईले घटस्थापनाकाे दिन उद्घघाटन गर्नु भएकाे खुल्ला वडा स्तरीय पुरूष फुटवल प्रतियाेगिताकाे समापनकाे अवसर पारेर प्रतियाेगिता समापनका विशेष अतिथि गाउँपालिका अध्यक्ष मनाेज राईले एक कार्यक्रममा साथ स्थानिय राईलाई सम्मान पत्रका साथ सम्मान गर्नु भएकाे क्लबका अध्यक्ष बसन्त राईले जानकारी दिनुभयाे ।

राईलेे क्लवले अायाेजना गरेकाे खुल्ला वडा स्तरीय पुरूष फुटवल प्रतियाेगिता २०७७ काे कार्यक्रम भब्य र अार्कषक रूपले सञ्चालन गर्नुका साथै विगतका दिनहरूमा क्लवकाे मात्र नभएर गाउँपालिका कै गतिविधिहरूकाे सञ्चार माध्यमबाट प्रचार प्रसार गरेकाे भन्दै सम्मान गरिएकाे क्लवले जनाएकाे छ । उक्त प्रतियाेगिता गत कार्तिक १ गते घट्स्थापनाका दिनबाट शुरू भई गत कार्तिक ५ गते समापन गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया