इटहरी । दशै तिहारको अवसर पारेर विश्व बजारमा लोक प्रिय तुनवाल ब्राण्डको इलेक्ट्रिक स्कुटरका ग्राहकहरूलाइ लक्षित गरि पुर्वी नेपालको इटहरीमा पनि पाथीभरा ट्रेडिगंले भित्र्याएको छ । पछिल्लो समयमा इलेक्क्ट्रिक स्कुटरको माग पुर्वी नेपालमा बढी रहेको तर्फ मध्यनजर गर्दै पाथीभरा ट्रेडिगंले सुरु गरेको छ । इलेक्क्ट्रिक स्कुटर शोरूमको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले उद्घाटन गरेपछि बिक्री बितरण शुरू भएको हो ।

इलेक्क्ट्रिक स्कुटर सोरूमको उद्घाटन गर्दै पौडेलले विदेशबाट सवारीका लागि डिजल र पेट्रोल ल्याउनु पर्नेमा झन्झट हराउने तथा विधुतिय सवारीहरू आउन थालेपछी वातावरणमा समेत प्रतिकुल असर नपर्ने वताउदै विधुतिय सवारीहरूलाइ लक्षित गरी चार्जीगं सेन्टरहरू पनि ठाउँठाउँमा खोल्नु पर्नेमा जोड दिए ।

हुन्डाइ कम्पनीको मोटरहरूको आधिकारीक बिके्ता समेत रहेका पौडेलले हुन्डाइ गाडिका लागि चार्जीगं सेन्टरको व्यवस्था गरेको समेत जानकारी गराए । पाथीभरा ट्रेडिगंले भित्र्याएको तुनवाल ब्राण्डको स्कुटरमा पेट्रोल नलाग्ने हुँदा रकम बचत हुने , मोविल फिल्टर नचाहिने ,आवाज रहित ,वाषिर्क सडक कर नलाग्ने जस्ता आथिर्क रूपमा फाइदा जनक रहेको पाथीभरा ट्रेडिगंका सञ्चालक भिम कुमार श्रेष्ठले जानकारी दिए ।
सोरूम उद्घाटनकै समयमा ११ वटा स्कुटर बुकिगं भएको पाथीभरा ट्रेडिगंकी भारती श्रेष्ठले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया