बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका १ का ८३ वर्षीय वृद्ध रहेका छन् । उनको आज (बिहीबार) बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई उच्च रक्तचाप, मधुमेह लगायत अन्य दीर्घ रोग पनि भएको सह प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । मृतक कार्तिक ३ गते सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।
यो सँगै प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु सङ्ख्या ६९ पुगेको छ ।

तपाईको प्रतिक्रिया