इटहरी । मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर कोरोनाका कारण सवै क्षेत्र प्रभावित बनिरहेको समयमा समेत अहमदिया संघ नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कोरोना कहरका कारण रक्तदान कार्यक्रमहरु समेत प्रभावित भई रहेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा रहेको संघको इटहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
संघका केन्द्रीय सदस्य मोहमद हैदर अलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भुपेन्द्र बरालको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा १५जनाले रक्तदान गरे ।

अस्पतालहरुमा उपचारका लागि आउने विरामीहरुले सहज रुपमा रगत पाउन नसकिरहेको सामाजिक सञ्चालहरुमा सार्वजनिक भई रहेको तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अहमदिया संघ नेपालका सुनसरी मोरगं इञ्जार्च नइम महमदले वताए । पुर्व घोषित तथा मानव उपचारका लागि आवश्यक पर्ने रगतका लागि कार्यक्रम आयोजना गरिएको भएपनि प्रशासनले आजै देखि भेला तथा जमघट गर्न नपाउने गरि निशेधाज्ञा जारी गरेका कारण समेत रक्तदाताहरुको उपस्थिती कम भएको आयोजक संस्थाले जनाएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धरानको प्राविधिक सहयोग भएको थियो ।.
अहमदिया संघले विपदको समयमा राहत तथा अन्य समयमा समेत सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउदै आएको छ ।

तपाईको प्रतिक्रिया