प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाको श्रीगणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद गरेको छ । पर्सा प्रहरीकी एसपी गंगा पन्तको नेतृत्वको गएको टोलीले उक्त परिमाणमा सुन बरामद गरेको हो ।

भारत पूर्वी चम्मपारण हरैया बस्ने अशोक सिन्हाको बस्ने फ्ल्याटबाट सुन बरामद भएको हो । सुन बरामद भएपनि कोही पक्राउ परेका छैनन् । प्रहरीले २ घण्टा बढी समय लगाएर अपरेसन गरेको थियो । सुनसँगै चाँदीको गरगहाना तथा थाल गरेर २ किलो चाँदी बरामद गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया