इटहरीमा मासु पसलमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गर्न अटेर गर्ने चार वटा पसलमा ताला लगाइएको छ । इटहरी उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा विहान भएको वजार अनुगमनको क्रममा विपी चौक जाने सडक छेउमा रहेका चार वटा मासुपसलमा ताला लगाइएको हो । गत असोज २५ गते अनुगमनका क्रममा ती पसलहरुलाई खुल्ला रुपमा मासु नवेच्न र ३दिन भित्रमा जाली लगाउन निर्देशन सहितको पत्र दिइएको थियो । पूःन अनुगमन गर्दा पनि जाली लगाएको नपाइएपछि वाध्य भएर ताला लगाइएको उपभोक्ता हित तथा संरक्षण शाखाका प्रमुख नोवल किशोर भटटराईले वताउनुभयो । विगत दुई बर्ष देखि अनुगमनका क्रममा ती पसलहरुलाई न्यूनतम मापदण्ड पालना गर्न सुझाव दिएपनि अटेर गरेको उपमेयर गौतमले जानकारी दिनुभयो । आज जम्मा सात वटा मासु पसलको अनुगमन गरिएको छ । अरु चार वटा पसललाई तीन दिन भित्र सुधार गर्न पत्र दिइएको छ । पूःन अनुगमनका क्रममा सुधार गरेको नपाइए ती पसलहरुमा पनि ताला लगाउन वाध्य हुने उपमेयर गौतमले वताउनुभयो । इटहरीमा वजार अनुगमनलाई तिव्रता दिइएको छ ।

तपाईको प्रतिक्रिया