इटहरी/ नेपालमा दिनप्रतिदिन बलात्कारका घटना वृद्धि भएको भन्दै बलात्कारी विरुद्ध इटहरीमा युवतीहरूले प्रदर्शन गरेका छन् । इटहरी चौकमा सयौँ को संख्यामा युवा युवतीले कालो वस्त्र,टाउकोमा कालो पट्टि लगाउँदै बलात्कारी विरुद्ध उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
उनिहरुले बलात्कारीलाई हदै सम्मको कारबाहिको माग राख्र्दै छोरीको इज्जत माथि नखेल, सरकार बलात्कारीलाई सजाय देउ, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन ।
.पछिल्लो समय आफन्त र परिवारकै सदस्यबाट नै धेरै बालबालिका बलात्कृत हुनु परेकाले यसको सजायका लागि संविधान संशोधन गरी कडा भन्दा कडा कानुनि व्यवस्था गर्नुपर्ने मनिता चाम्लिङले बताएकि छन् ।
कोरोना भाइरसको जोखिम अवस्थामा पनि हामिले महिलामाथि जो बलात्कारी पुरुष छन् यनिहरुलाई प्रशाशनिक निकायले कडा कारबाहिको माग राख्न बाध्य भएको अर्कि युवतिले बताएकि छन् ।

तपाईको प्रतिक्रिया