इटहरी ।  मोरङको सुन्दरहरैचा नगरपालीका १० स्थित सुकुम्बासी बस्तिका बिपन्न परिवारहरूलाइ   ‘आशुँ पुछौ’ अभियानका अभियान्ताहरूले राहत सामग्री बितरण गरेका छन । नजिकिएको बडादशैँलाइ मध्यनजर गर्दै बिपन्न परिवारहरूको अवस्थालाइ हेरेर ‘आशुँ पुछौ’ अभीयानका अभीयान्ताहरूले राहत सामग्री बितरण गरेका हुन ।

सुकुम्बासी बस्ति भित्र रहेका ३० घर परिवारलाइ खाद्यन्नका सामग्री र मास्क बितरण गरिएको अभियानका संयोजक  रबिन फुयलले बताए । सबैको घरमा मिठो मसिनो पाक्दा बिपन्नको घरमा केहि हुदैन त्यसैले उनिहरूको अवस्थालाइ मध्यनजर गर्दै चाडपर्वमा थोरै राहत बितरण गरिएको अभियानका संयोजक फुयालको भनाइ छ ।

कोरोनाको कहरसंगै रोजगारी गुमाएर मारमा परेका बिपन्न परिवारलाइ घरमै पुगेर राहत सामग्री बितरण गरिएको अभियान्ताले बताएका छन ।अष्ट्रेलीयामा रहेका  आशु पुछौ अभियानका सहकर्मि टिकाराम रसाइली र रोजन राइको सहयोगमा मोरङ सुन्दरहरैचाका युवा अभियान्ता रविन फुयालको संयोजकत्वमा राहत बितरण गरिएको हो । यता राहत सामग्री पाएपछि चाडपर्व रमाइलो हुने भयो भन्दै स्थानीयहरूले खुशि ब्यक्त गरेका थीए ।

तपाईको प्रतिक्रिया