काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएसँगै आइतबार (आज) उहाँले अनशन तोड्नुहुने भएको छ ।

विगत २७ दिन लामो आमरण अनसन डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा एक सहमति पत्रमा हस्ताक्षर गर्नु भएपछि आमरण अनशन तोडिने भएको हो ।

चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीसँग २०७५ साउन १० लाई पनि राख्ने लगायतका विषयमा सहमति बनेको सहमति पत्रमा उल्लेख छ ।

डा. केसीले आइतबार (आज) बिहान ९ः३० बजे अनसन तोड्नुहुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया