सुनसरी साविक राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का दुई अध्यक्षको बिच सहमति नमिल्दा सुनसरी मा पार्टी समायोजन पेचिलो बनेको छ ।
एकता भएको राप्रपाको केन्द्रले देशभरका ७७ वटा जिल्लामा बुधबारभित्र पार्टी समायोजन सक्न निर्देशन दिएको थियो । सोहीअनुसार सुनसरी का दुई अध्यक्षले आफै समायोजित राप्रपाको जिल्ला अध्यक्ष बन्नुपर्नेकुराले गर्दा निर्धारित समयभित्र यहाँ पार्टी समायोजन हुन नसकेको हो ।

यहाँ राप्रपा संयुक्तका अध्यक्ष दुर्गा बहादुर बस्नेत र राप्रपा सुनसरीका अध्यक्ष डम्बरबहादुर घिमिरे दुवैले समायोजित पार्टीको अध्यक्ष हुनुपर्ने दाबी गरेका थिए । सुनसरी मा रहेका एकीकृत पार्टीका केन्द्रीय सदस्यले दुवै अध्यक्षलाई सहमतिमा ल्याउने पटकपटक प्रयास गरे पनि सफलता हात लागेन ।
सुनसरी मा एकीकृत राप्रपाका ४ जना केन्द्रीय सदस्य रहेका छन् । जसमा राप्रपा संयुक्तका वरिष्ठ उपाध्यक्ष तथा पुर्व मन्त्री राम कुमार सुब्बा, सुरेश आचार्य हस्बुल मिया र ईनु अधिकारी, गरी ४ जना छन् । राप्रपाबाट भने गोपाल कोईराला, हरी कृष्ण श्रेष्ठ गरी २ जना रहेका छन् । दुबै पक्षबाट जिल्ला समायोजन को लागि वार्ता टोलि समेत गठन गरेको छ। जसमा राप्रपा संयुक्त को तर्फबाट जिल्ला उपाध्यक्ष कृष्ण न्यौपाने को संयोजक मा ७ जना र राप्रपा को तर्फबाट उपाध्यक्ष  गणेश गौतम को संयोजक मा ७ जना गरि १४ जना छ । उक्त वार्ता टोलीको मिति २०७७/०६/२० गते बसेको वार्ताबाट कुनैपनि निर्कष ननिस्किएको हुदाँ  उनीहरुले जिल्ला तहबाटै पार्टी समायोजन टुंग्याउन पहल गरेका थिए तर दुवै पक्षमा सहमती हुन नसकेपछि सुनसरी जिल्लमा रहेका दबै पक्षका केन्द्रिय सदस्यहरु र प्रदेश कमिटिलाई जिल्ला समायोजनको लागी जिम्मा दिने सहमति भएको सचिव तथा वार्ता टोलि सदस्य गणेश  प्रसाद दुलाललेे जानकारी दिनुभयो ।
संयुक्तका अध्यक्ष बस्नेतले सुनसरी मा आफूहरुको संगठन बलियो भएकाले अध्यक्ष छोड्ने कुरै नहुने जिकिर गरे । सांगठनिक रुपमा कमजोर हुँदा पनि राप्रपाले अध्यक्ष छोड्न नमानेको उनको भनाइ थियो । सुनसरी मा पार्टी संगठन हाम्रो बलियो छ’, बस्नेतले भने, ‘त्यसैले अध्यक्ष हामीले छोड्ने कुरा भएन ।’ उनले दुइटै पार्टीको जिल्ला समितिको संयुक्त बैठक बसेर टुंग्याउन खोज्दा पनि राप्रपा पक्ष बाट सहमति हुन् सकेको छैन।
उता राप्रपा सुनसरीका अध्यक्ष घिमिरेले  पार्टीको नेतृत्वको सम्बन्धमा विवाद भएको स्वीकार गरे । ‘समायोजित पार्टीको नेतृत्वमा विवाद भएकाले समायोजन अल्झेको हो’, घिमिरेले भने, ‘छलफल चलिरहेको छ । यो महिनाभित्र टुंग्याउँछौं ।’
पार्टी समायोजन प्रयासमा क्रियाशील केन्द्रीय सदस्यहरुले पनि सकेसम्म जिल्लाबाटै समाधान खोजिने गरी पहल भइरहेको बताए । पार्टी का केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम कुमार सुब्बाले पार्टी फुटेर फेरि एक हुने क्रममा केही असमझदारीहरु बाँकी रहेकाले समायोजनमा केही विलम्ब भएको बताए।
उनले विभाजित पार्टीको नेतृत्वमा रहिसकेकालाई एकैबाजी नेतृत्वबाट टाढा रहन गार्होब हुने भएकाले पनि समायोजनमा समस्या भएको स्पष्ट पारे । ‘समायोजित पार्टीको अध्यक्षमा दुईजनाले दावी गर्दा समस्या आएको हो’, केन्द्रीय सदस्य सुब्बाले भने, ‘तैपनि जिल्लाबाटै समायोजन टुंग्याउँछौं ।’
त्यस्तै प्रदेश नम्बर १ का सचीव गणेश प्रसाद दुलालले पनि समायोजित पार्टीको नेतृत्वमा मात्रै विवाद भएकाले चाँडै समायोजन टुंग्याइने सुनाए । जिल्लाबाट समायोजन टुंग्याउन नसकिए केन्द्र तथा प्रदेश कमिटी लाई दिने निर्णय अन्तिम हुने उनले स्पष्ट पारे ।
केन्द्रले जिल्ला समितिहरुबीच समायोजनमा सहमति नभए पार्टी फुट्नुअघि २०७३ सालमा भएको जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचितलाई अहिले समायोजन हुने पार्टीको अध्यक्ष मान्न सकिने गरी परिपत्र पठाएको थियो ।
घिमिरेले पार्टीमा सहमित गर्न अहिलेसम्म आफूले मात्रै त्याग गर्दै आएकाले योपटक समायोजित पार्टीको अध्यक्ष आफूलाई दिनुपर्ने अडान लिएको ती नेता बताउँछन् । उनका अनुसार नेता घिमिरेले पार्टी टुक्रा हुँदा आफूले राप्रपाको मूलधार जोगाएर राखेको जिकिर गरेका थिए ।
‘हिजो पार्टी एकीकरण हुँदा र निर्वाचनमा उम्मेदवार तय गर्ने बेलादेखि पटकपटक मैलेमात्रै त्याग गर्दै आएको छ’, नेता घिमिरेको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले अहिले अरु नेताले त्याग गरेर मलाई समायोजित पार्टीको अध्यक्ष दिनुपर्छ ।’
संगठन र जनमतको आधारमा सुनसरीमा राप्रपाभन्दा राप्रपा संयुक्त नै बलियो छ । त्यसको आधारमा राप्रपा अध्यक्ष घिमिरे लाई समायोजित पार्टीको सहअध्यक्ष वा वरिष्ठ उपाध्यक्ष बन्न पटकपटक आग्रह गरिँदा पनि स्वीकार नगरेको संयुक्त अध्यक्ष बस्नेत बताउँछन् । एकीकृत राप्रपाले आउँदो चैतमसान्तभित्र जिल्ला अधिवशेन गर्नुपर्ने कार्यतालिका बनाएको छ तर विश्वव्यापी कोरोना भाइरस संक्रमण महामारी फैलिएकाले उक्त मिति संशोधन हुनसक्ने बताइएको छ । केन्द्रले असोज २१ भित्र जिल्लाजिल्लामा पार्टी समायोजन टुंग्याउन निर्देशन दिए पनि हालसम्म १९ वटा जिल्लामा मात्रै समायोजन प्रक्रिया टुंगिएको प्रदेश सचीव दुलालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया