धान र गहु पछि प्रमुख नगदेवालीको रुपमा पुर्वी नेपालमा प्रख्यात जुट खेती पछिल्लो समय धेरै परिश्रम,श्रमिक अभाव र सरकारको अनुदार नितिका कारण निरन्तर घटिरहेको छ ।
कुनै समय जुट खेती का लागि उर्वर भूमि मानिने पुर्वी नेपालको मोरङ, सुनसरी र झापा जिल्लामा पछिल्लो समय जुट खेती घट्दै गएको छ ।
जुट लगाउनेदेखी पानीमा हालेर रेसा छुटाउने वेला सम्म धैरै मजदुरको आवश्यत्ता पर्ने यो खेतीमा पछिल्लो समय मजदुरको अभाव, धेरै लगानी भएका कारण समेत किसान जुट खेती गर्न छाडेका छन । लगानी भन्दा आम्दानी कम हुन थालेपछि यस क्षेत्रका किसानले जुट खेतीको विकल्प रोज्न थालेको हो ।

मोरङ, सुनसरी र झापा जिल्लामा कुनै बेला ६० हजार हेक्टरमा जुट खेती हुने गर्दथ्यो । तर अहिले जुट खेतीप्रति किसानहरुको आर्कषण घटेसँगै अहिले तीन जिल्लामा जम्मा ६ हजार हेक्टरमा मात्र जुट खेती हुने गरेको छ ।
नेपाल सरकारले जुट अनुसन्धान केन्द्रनै इटहरीमा स्थापना गरेर पुर्वी नेपालका किसानलाइ जुट खेतीमा प्राविधिक सहयोग गर्दै आएको थियो । जस कारण जुट खेतीलाइ सुन खेती भनेर चिनिन थालिएको थियो ।
पुर्वी नेपालमा घट्दो जुट खेतीमा पुन किसानलाइ अग्रसर पार्न अनुसन्धान भइरहेको जुट अनुसन्धान कार्याक्रम इटहरीका प्राविधिक साहायक सुजन कार्किले जानकारी दिनु भएको छ ।जुट खेती घटेसगै पुर्वमा सञ्चालित एक दर्जन जुट उधोग समेत वन्द भएका छन् । कच्चा जुटकालगी भारतको भर पर्नु परेकोले नेपालमानै जुट खेतीलाइ प्रवद्धन गर्नु पर्ने किसानको माग गरेको छ ।

तपाईको प्रतिक्रिया