गहुमा रोग लागेर घाटा व्यहोरेको सुनसरीका किसानकालागी आको आपत आइपरेको छ । यस वर्ष लगाइएको धानमा डढुवा रोग प्रकोपकै रुपमा देखिएपछि सुनसरीका किसान थप चिन्तित भएका छन् । प्रमुख नगदेवालीको रुपमा लगाइने धानमा टढुवा रोग देखीन थालेपछि सुनसरीका किसान चिन्तित वनेका छन् ।
पुर्वी नेपालको सुनसरी, मोरङ र झापामा किसानहरुले लगाएको धानबालीमा डडुवा रोग प्रकोपकै रुपमा देखिन थालेको छ । धानमा वाला लागिरहेको वेला डढुवा रोग देखिन थालेको हो ।
समयमै रोपाइँ गरेको र पानी पनि पर्याप्त भएको हुँदा यो वर्ष धान निकै सप्रिएको थियो । यो वर्ष राम्रो उत्पादन लिने आसमा रहेका किसान अहिले डडुवा रोगले धान सखाप पार्न थालेपछि चिन्तामा छन् ।सुनसरीका किसान गयाराम चौधरी यो वर्ष धानको उत्पादन बढ्ने देखेर खुशी हुनुहुन्थ्यो । तर वाला बढिरहेको बेलामा रोग देखिएपछि उहाँको खुसी पिडामा परीणत भएको छ ।
रोग नियन्त्रणका लागि सरकारले तत्काल पहलकदमी लिनुपर्ने किसानहरुकोमाग छ । गयाराम चमैधरी मात्र होइन,सुनसरीका धेरै किसान धानमा रोग देखिएपछि चिन्तित बनेका छन । सरकारले वेलैमा कदम चाल्नु पर्ने किसान नवराज रिजालले गुनासो गर्नु भएको छ । ।
डडुवा रोग प्रत्येक वर्ष आउने र यो वर्ष केहि वढी आएको वरिष्ठ कृषि वैज्ञानीक सन्तोष त्रिपाठी बताउनुहुन्छ ।
सुनसरीमा यस वर्ष ८० हजार हेक्टर भन्ँदा वढिमा धान वाली लगाइएको छ । कुल ९८ प्रतिशत रौपाइ भएको सुनसरीमा धानमा रोग देखिएपछि किसानले यस वर्ष लगानी पनी नउठ्ने हो कि चिन्तामा छन् ।

तपाईको प्रतिक्रिया