अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज (बुधबार) राति जर्मनी र टर्की आमने-सामने हुँदै छन् । जर्मनीको घरेलु मैदान हुने खेल नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछ ।

दुवै टोली नेसन्स लिग पूर्ण मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेसन्स लिगमा खराब सुरुवात गरेको टर्की जर्मनीसँगको मैत्रीपूर्ण खेलबाट खेलमा फर्किन चाहन्छ ।

नेसन्स लिगका सुरुवाती दुई खेलमा टर्कीले पहिलो खेल गुमाएको थियो भने दोस्रो खेल बराबरी खेलेको थियो । अब समूहको तेस्रो खेल रुससँग खेल्नेछ । यता जर्मनी पनि टर्कीमाथि जित निकाल्दै खेलमा फर्किन चाहन्छ ।

जर्मनीले नेसन्स लिगको समूह चरणका सुरुवाती दुई खेलमा बराबरी खेलेको थियो । पहलो खेलमा स्पेनसँग १-१ को बराबरी खेलेको जर्मनीले दोस्रो खेलमा पनि स्विट्जरल्यान्डसँग सोही नतिजा निकालेको थियो ।

जर्मनी र टर्कीले हालसम्म १८ खेल खेलेका छन् । जसमा जर्मनी निकै नै बलियो देखिएको छ । १८ खेलमा जर्मनीले १४ खेल जितेको छ भने तीन खेल गुमाएको छ । त्यस्तै तीन खेल बराबरी खेलेको हो । यी दुवै टोली २०११ को यूईएफए युरोपियन च्याम्पियनसिपपछि पहिलोपटक भिड्न लागेका हुन् ।

त्यस्तै आज राति हुने अर्को खेलमा क्रोएसिया र स्विट्जरल्यान्ड भिड्दै छन् । खेल स्विट्जरल्यान्डको घरेलु मैदान एएफजी अरिनामा नेपाली समयअनुसार राति साढे १२ बजे हुनेछ ।

तपाईको प्रतिक्रिया