प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने गरी प्रदेश सभामा पेश भएको प्रस्तावको विरोधमा कांग्रेस सांसदहरूले प्रदेश सभामा कुर्सी तोडफोड गरेका छन् ।

प्रदेश सभाको सोमवार बसेको दोस्रो बैठकमा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी भाँचेका हुन् । सोमवारको पहिलो बैठक कांग्रेस संसदहरूको नाराबाजीका कारण स्थगित भएको थियो ।

प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका तोक्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावको विरोधमा कांग्रेसले बुटवलमा प्रदर्शन समेत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया