इटहरी / राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सुनसरी जिल्ला समायोजनका लागी तयारी सुरु गरेको छ । आज बसेको जिल्लाको बैठकममा केन्द्रिय सदस्य प्रदेश सदस्य, जिल्ला कार्य समिति, क्षेत्रीय पदाधिकारीहरु, नगर पदाधिकारीहरु लगाएत राप्रपा (संयुक्त) प्रति आश्थावान कार्यकर्ता हरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त बैठकले ७ सदस्यीय बार्ताटोलि गठन गरेको छ । राप्रपा (संयुक्त) को तर्फबाट संयोजक कृष्ण न्यौपाने त्यसैगरी सदस्यहरुमा अब्दुल वासे, राम प्रसाद पोखरेल (रामु) , गणेश प्रसाद दुलाल, युग प्रिय निरौला, आकाश हाङ सुब्बा र महमत रम्जान मिया रहेका छन् ।

उक्त वार्ता टोलिलाई आज बसेको जिल्ला बैठकले सम्पुर्ण अधिकार प्रत्यायोजन गरेको छ । यो वार्ता टोलीले चाडो भन्दा चाडो दुई पक्षिय राप्रपा र राप्रपा (संयुक्त)का वार्ता टोली हरुसंग बैठक बसि चाडो निकास दिने प्रदेश न १ का सचिव तथा वार्त टोली सदस्य गणेश प्रसाद दुलालले जानकारी दिएका छन् । त्यसैगरी राप्रपाको तर्फबाट सात सदस्यीय वार्ता टोली गठन भएको समेत दुलालले जानकारी दिएका छन् । राप्रपाको तर्फबाट वार्ताटोली का संयोजक गणेश गौतम रहेका छन् भने सदस्यीय हरुमा नबिन पराजुली, खेम ओझा, किरण चौलागाई, अर्जुन भट्टराई मिना कार्की र बच्चालाल यादव रहेको समेत सचिव दुलालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया