पछिल्लो २४ घण्टामा सुनसरीमा ६८ जनासहित प्रदेश १ मा १ सय ८२ कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरुमा मोरङमा ९८ जना छन् भने सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन् ।

मोरङको जहदामा ६ महिला र ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला र २ पुरुष, कटहरीमा १ महिला र १ पुरुष, बुढीगंगामा २ पुरुष, केराबारीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, सुनसरीको धरानमा ११ महिला र ३३ पुरुष, इटहरीमा ६ महिला र १३ पुरुष, रामधुनीमा १ महिला र २ पुरुष, दुहवीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष छन् ।

झापाको विर्तामोडका २ महिला र २ पुरुष, अर्जुनधारामा २ पूरुष, गौरादहका १ महिला, ताप्लेजुङ र भोजपुरको अरुणका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ । हाल सम्म ३ हजार २७२ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया