कोरोना भाइरसका कारण इटहरी थप एक जनाको मृत्यू भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का २७ वर्षिय पुरुषको मृत्यू भएको हो ।

उनी लागुऔषध सम्बन्धि कसुरमा बिराटनगर कारागारमा सजाय भोगी रहेकोमा असोज १४ गतेको श्वासप्रश्वास मा समस्या देखिए पछि कोशी अस्पताल मा भर्ना गरिएको र उपचारको क्रममा मृत्युु भएको इटहरि अस्पतालका ईमर्जेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताएका छन् ।

यो सगै इटहरीका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । पछिल्लो २ दिनमा इटहरीका ३ जना संक्रमितको मृत्यु भएको छ । असोज १४ गते इटहरी ५ का ७३ वर्षिय पुरुषको कोशि अस्पताल विराटनगरमा मृत्यु भएको थियो । भने विहिबार विहान इटहरी ६ का ५६ वर्षिय पुरुष र दिउसो इटहरी ४ का २७ वर्षिय पुरूषको कोशि अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
अहिले इटहरी स्वास्थ शाखा र नेपाली सेनाको टोलिबाट इटहरी २ को जंगलमा शव व्यवस्थापन भइरहेका बताइएको छ ।

 

तपाईको प्रतिक्रिया