सुनसरीको इटहरीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । इटहरी ६ का कोरोना सङ्क्रमित पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

विराटनगरस्थित विराट मेडिकल कलेजबाट बुधवार साँझ ती व्यक्तिलाई धरानस्थित बिपी प्रतिष्ठानमा आइसियुमा भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त रहेका उनको गए राती मृत्यु भएको बिपी प्रतिष्ठानका प्रवक्ता डा.दिनेश सापकोटाले जानकारी दिए ।

यसअघि मङ्गलवार इटहरी ५ का एक पुरुषको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया