नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत सुनसरीका एक कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ।

सुनसरीको हरिनगर २ का ५० वर्षीय पुरुषको बिहान साढे सात बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि पुरुषलाई उपचारका लागि असोज ९ गते अस्पतालको फोक्सो वार्डमा भर्ना गरिएको थियो।

चिन्ताजनक अवस्थामा अस्पताल भर्ना भएका पुरुषको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोमबार रिपोर्ट पोजेटिभ आएको दाहालले बताए।

उनका अनुसार कोरोना पुष्टि भएपछि नोबेलकै कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।

कोरोनासँगै फोक्सोमा फैलिएको संक्रमण नियन्त्रण गर्न नसक्दा संक्रमित पुरुषको मृत्यु भएको जानकारी उनले दिए।

 

तपाईको प्रतिक्रिया