धनकुटा । कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक धनकुटा कोरोना शून्य सक्रिय जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि धनकुटा कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो । गत जेठ ४ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा ४ महिना पछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो ।
जिल्लामा अहिलेसम्म ४५ जना व्यक्ति सङ्क्रमित भएकाेमा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो पटक धनकुटा नगरपालिकामा एक महिलामा कोरोना पोजिटिभ देखिएकाेमा उनको रिपोर्ट नेगेटिभ आएको छ ।
अहिलेसम्म जिल्लामा दुईहजार १७३ जनाको पिसिआर परीक्षण गरिएकामा दुई हजार ११८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । भने ४५ जनाकाे रिपोर्ट पाेजेटिभ अाएकाे र १० जनाकाे नतिजा आउन बाँकी रहेकाेस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसि प्रसाद गुराँगाईले जानकारी दिनुभयाे । शुरूमा जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्य कर्मी, सुरक्षा कर्मीलगायतमा संक्रमण भए लगतै जिल्लामा त्रास फैलिएकाे थियाे ।
जिल्लामा गत जेठमा ८ जना, असारमा ८, साउनमा ८ र भदौमा २१ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।
जिल्लामा सबैभन्दा बढी धनकुटा नगरपालिकामा ३१, चाैबिसे गाउँपालिकामा ३, सहिदभुमि गाउँपालिकामा ४, साँगुरीगढी गाउँपालिकामा भने शून्य थियाे । यसैगरि छथरजाेरपाटी गाउँपालिकामा ४ जना, महालक्ष्मी नगरपालिकामा ३ जना सङ्क्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया