संखुवासभा घर भई हाल उर्लाबारी-७ स्थितमा बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिकको कुटपिटबाट मृत्यु भएको छ ।  मल्लिकलाई उर्लाबारी-७ मै होटल संचालन गरी बस्ने २६ बर्षीय गोपाल तामाङले कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  गत आईताबार मल्लिक होटलमा खाजा खान गएको अवस्थामा गोपाल र उनि विच बादविबाद हुदा गोपालले एक्कासी उनलाइ  कुटपिट गरी होटल वाहिर निकाल्न खोज्दा मल्लिक भुईमा लडी वेहोस भएका थिए । वेहोस भएका मल्लिकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकी भारतको सिलिगुडीमा लगी उपचार गराईरहेकोमा उपचारकै क्रममा उनको आज विहान साढे ४ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । यता कुटपिट गर्ने होटल संचालक गोपाल तामाङ लाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाईएको छ ।

तपाईको प्रतिक्रिया