लागुऔषध प्रकरणमा लागुऔषध नियन्त्रण ब्यूरो (एनसिबी) ले बलिउड अभिनेत्री दीपिका पादुकोणसँगको बयान सकेको छ। बयान शनिबार सकिएको हो। दीपिकालाई एनसिबीको गेष्ट हाउसमा  उपस्थित गराएर बयान लिईएको थियो।

यही प्रकरणमा श्रद्धा कपुर र सारा अलि खानसँग पनि बयान लिइएको थियो। उनीहरुलाई  दक्षिण मुम्बईको एनसिबीको क्षेत्रीय कार्यालयमा बोलाएर सोधपुछ गरिएको थियो। दीपिकाका साथ उनका पति रणवीर सिंह पनि सँगै पुगेका थिए। यसका साथै एनसिबीले दीपिकाका म्यानेजर करिश्मा प्रकाशसँग पनि शनिबार ७ घण्टासँग बयान लिएको थियो। उनलाई आज आइतबार पनि बयानका लागि बोलाइएको छ।

तपाईको प्रतिक्रिया