• तेजबहादुर बन

इटहरी । कोरोनाको कहर संगै मुलुक ठप्प बनिरहदा सरकारले २०७६ चैत्र ११ गते देखि जारी गरेको लक डाउन अवधिभर सुनसरीको इटहरीमा ८६ ओटा अपराधका घटना भएको पाइएको छ । गएको चैत्र ११ गते देखि २०७७ भदौ मसान्त सम्मको अवधिभर इटहरीमा बिभिन्न प्रकृितिका ८६ अपराध भएको इलाका पेहरी कार्यालय इटहरीको तथ्यांकमा उल्लेख छ ।

सो अवधिभर इप्रका इटहरीमा सबैभन्दा बढी १८ वटा जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन । जसमध्ये अधिकांस समातिएका छन भने आधा दर्जन फरार रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । सरकारले साउन ६ गते देखि लकडाउनको अन्त्य गरेको घोषणा गरे उता इटहरीमा आर्थिक अपराधका घटना बढेको प्रहरी कार्यालयले जनाएको छ ।

लकडाउन खुले संगै बैंकिङ कसुरका घटना बढेको तथ्यांकले देखाएको छ । गत साउन देखि भदौ मसान्त सम्मको अवधिमा ६ वटा बैंकिङ कसुरका मुद्धा दर्ता भएका छन । जसमध्ये बाउन्स चेक , लेनदेन लगायतका रहेका छन । त्यस्तै लकडाउनकै अवधिमा इटहरीमा ठगि पनि त्यतिकै बढेको पाइएको छ । इटहरी प्रहरीका अनुसार ठगिका अहिले सम्म ४ वटा लिखित उजुरी आएपनि मौखिक दर्जन बढी उजुरी परिसकेको जनाएको छ ।

इटहरीको मुख्य चुनौतिको बिषय बनेको लागु औषधको मुद्धामा भने केहि सुधार भएको पाइएको छ गएको ५ महिनाको अवधिमा ३ वटा मात्र लागुऔषध बेचबिखनका मुद्धा दर्ता भएको तथ्यांकले देखाएको छ । त्यस्तै मानव बेचबिखन सम्बन्धि ३ वटा मुद्धा दर्ता भएका छन जसमा संलग्न सबैलाइ नियन्त्रणमा लिइ कानुन अनुसार कार्वाहि प्रकृिया अघि बढाइसकेको इलाका प्रहरी कार्यालय इटहरी अन्तरगत मुद्धा फाटका प्रमुख प्रहरी निरिक्षक मानप्रशाद श्रेष्ठले बताए ।

लकडाउनकै अवधिमा इटहरीमा आत्महत्याको दर पनि बढेको तथ्यांकमा उल्लेख गरिएको छ । गएको ५ महिनाको अवधिमा १३ जनाले आत्महत्या गरेको प्रहरी बिवरणमा उल्लेख गरिएको छ । त्यस्तै इटहरीमा भवितब्य बिविध कारण वस मृत्यु भएकाहरूको संख्या १० रहेको छ भने मृत अवस्थामा फेला पर्नेको संख्या २ रहेको छ । त्यस्तै गएको ७६ चैत्र ११ देखि भदौ मसान्त सम्ममा कर्तव्य ज्यान सम्बन्धि १ , अभद्र व्यवहार सम्बन्धित १२ वटा मुद्धा दर्ता भएका छन ।

कोरोना कहरको बेला सरकारले लकडाउन घोषणा गरेपछि धेरैले रोजगारी गुमाउदा इटहरी क्षेत्रमा अपराधका घटना बढेको इलाका प्रहरी कार्यालय इटहरी अन्तरगत मुद्धा फाटका प्रमुख प्रहरी निरिक्षक मान प्रशाद श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया