धनकुटा । प्रदेश नंम्वर एकको १४ वटै जिल्लामा संचालित बाल संरक्षणका लागि एक्यवद्धता परियोजना अन्तर्गत जिल्ला समन्वय समिति धनकुटा सङ्गको समन्वय बैठक  सम्पन्न भएकाे छ ।
बैठकमा परियोजना अन्तर्गत धनकुटा जिल्लामा सम्पन्न भएका, भईहेका र आगामी दिनहरूमा सञ्चालन गरिने क्रियाकलापको बारेमा छलफल तथा सुझाव समेत संकलन गरिएकाे थियाे । कोभिड -१९ को महामारीलाई मध्यनजर गर्दै सावधानी अपनाई बैठक सम्पन्न गरिएकाे आयाेजक संस्थाले जनाएकाे छ । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चुवानकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जिल्ला समन्वय अधिकारी राम नारायण श्रेष्ठलगायतकाे उपस्थिति रहेकाे थियाे । किन्डरमिसनरेक, जर्मनीकाे आर्थिक सहयाेग र मानव अधिकार मञ्च नेपाल ईलामकाे मुख्य साझेदारीमा सम्पन्न बैठकमा अागामि दिनमा स्थानीय तहले बजेट विनियोजन गर्दा नै बालबालिकाकाे क्षेत्रमा पनि बजेट विनियाेजन गर्नु पर्ने विषयमा व्यापक छलफल गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया