धनकुटा  । अविरल बर्षाका कारण भान्साघर भत्किएर धन जन गुमाएका धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ९ मूर्तीढुंगाका नेपाली कांग्रेसका पुराना नेता एवं द्धन्द्ध पीडित टाङ्ग बहादुर आङ्लाका परिवारलाई नेपाली कांग्रेस धनकुटाले आज तत्कालको लागी ११ हजार ५०५ रूपैयाँ आर्थिक सहयोग गरेको छ ।नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, प्रदेश सभाका सांसद लिला सुब्बा, संविधान सभाका सदस्य अञ्जना ताम्ली, महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,जिल्ला उपाध्यक्ष अम्विका धमला, नेपाली कांग्रेस धनकुटा ७ का सभापती सुनिल कुमार डंगोललगायतकाे उपस्थितिमा पिडित टाङ्ग बहादुर आङलाका छोरा धन बहादुर आङ्लालाई राहत रकम प्रदान गरिएकाे नेपाली कांग्रेस धनकुटाले जनाएकाे छ । अविरल रुपमा परेको पानीका कारण नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ९ मूर्तीढुंगाका पुराना नेता द्धन्द्ध पिडित टाङ्ग बहादुर आङ्लाको बुधबार भान्सा घर भत्कीदा उनका छोरा धन बहादुर आङ्लाको ७ महिनाको छोरी गंगा आङ्लाको पुरिएर निधन भएको थियाे । यसका साथै पशु तथा पंक्षीहरु र अन्न पानी, भाडा वर्तन समेत पुरिएर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ । पिडित धनकुटा जिल्ला महालक्ष्मी नगरपालिकाका वडा नं. ९ मूर्तीढुंगाका नेपाली कांग्रेसका पुराना नेता टाङ्ग वहादुर आङ्लाका परिवारलाई नेपाली कांग्रेस धनकुटाले तत्कालाका लागी भन्दै उक्त रकम सहयोग गरेको हाे ।

तपाईको प्रतिक्रिया