इटहरी । एक नं प्रदेश सरकारले प्रदेश सभा भवन बिराटनगरमै निर्माण गर्ने पएपछि इटहरीमा बिरोधका आवाजहरू गुञ्जिन सुरू भएका छन । गत अशोज १ गते बिश्वकर्मा पुजाकै दिन प्रदेश सरकारका सभामुख प्रदीपकुमार भण्डारीले हिन्दु विधिपूर्वक प्रदेश सभा भवनको शिलान्यास गरेका थिए ।

जब प्रदेशको स्थायी राजधानी बिवाद चर्किएको थीयो त्यो बेला प्रदेश सरकारका मुख्य मन्त्री लगायतको बैठकले प्रदेश सभाका भवन इटहरीमा निर्माण गर्ने निर्णय गरेको थीयो । तर अहिले प्रदेश सभा भवन बिराटनगरमै बनिने गरि शिलन्यास भएपछि इटहरीमा बिरोध सुरू भएको हो ।

नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेलले प्रदेश सरकारमा तिनजना बलीयो मान्छे पाएको इटहरीले एउटा प्रदेश सभा भवन नपाउनु कता कता राजनीति कमजोर भएको निस्कर्ष निकालेका छन । उनले इटहरीमा रहेका सबै राजनीतिक दल बिचको एेक्यवद्धता नहुनु , कोरोनाकै कहर बिच प्रदेश सभा भवन बिराटनगरमा शिलन्यास हुनुले राजनीतिक पहुचको हिशाबले इटहरी कमजोर देखिएको दाबि गरे ।

प्रदेश १ सरकारमा इटहरीबाट बलीयो मानिएका उपसभामुख सरस्वति पोख्रेल , प्रदेश सांसद सर्वध्वज साँवा , लिलम बस्नेतलगायतको लविङ कमजोर बनिदिदा इटहरीले पाउने भनिएको प्रदेश सभा भवन बिराटनगरले पाएको यहाका राजनीतिक बिस्लेषकहरूको भनाइ छ ।

यता प्रदेश सरकारले गरेको निर्णय तत्काल नसच्याए आन्दोलनमा उत्रने जनता समाजवादी पार्टीले चेतावनी दिएको छ । पार्टीको इटहरी उपमहानगर समितिले बुधबार एक बिज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको हो । यस अघि नै प्रदेर सरकारले बिराटनगरलाइ राजधानी तोकिरहदा इटहरीमा प्रदेश सभा भवन निर्माण गरिने निर्णय नै गरेको तर आफैले गरेको निर्णयको धज्जी उडाउदै प्रदेश सरकारले इटहरीवासीको जनभावना बिपरित काम गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रदेश सरकारको यो नीर्णयबाट पार्टीको ध्यानाकर्षण भएको र तत्काल सो नीर्णय सच्याउन माग गरिएको छ । नीर्णय नसच्याए प्रदेश सरकार बिरूद्ध पार्टीले आन्दोलन सुरू गर्ने समेत चेतावनी दिएको छ । प्रदेश एकको ब्यापारीक हब संगै प्रमुख पर्यटकीय गन्तब्य हिसाबले पनि इटहरी केन्द्र बनिसकेकोले प्रदेश सभा भवन इटहरीमै हुनुपर्ने जनता समाजवादी पाटीको माग छ ।

तपाईको प्रतिक्रिया