उ भद्र छे, शालिन छे। कम बोल्छे, कम रिसाउँछे , नरम बोल्छे। रुपमा पनि रुप, उतिकै व्यवहारिक पनि छे रुक्मिणी । उसलाई आफ्नो जिन्दगिमा ल्याउन को मरिहत्ते गर्दैन्थ्यो। कृष्ण उसको यहि शालिनता प्रती मरिमेट्थ्यो। कुनै न कुनै बहानाले नजिक हुन खोज्थ्यो। उ पनि व्यवहारिक थियो। संगैका दौँतरी भन्दा अलग, उमेरले घुमफिर, मोजमस्तिमा रमाउने बेला भए पनि उ आफैमा आत्मनिर्भर पनि थियो। रुक्मिणिको मन उसको त्यही व्यवहारिक पनले तान्न थालिसकेको थियो। एकदिन कृष्णले हिम्मत गरेरै रुक्मिणी सँग प्रेमप्रास्ताव राखिदियो। रुक्मिणिको स्पष्ट जवाफ थियो, “प्रेम प्रस्ताव हैन, विवाह प्रस्ताव लिएर मेरो घर आउनुस”।

कृष्णले कुनै पनि हालतमा रुक्मिणिलाई गुमाउन चाहदैनथ्यो। त्यसैले उसले घरमा आफुले विवाह गर्ने कुरा सुनायो। आफ्नो दाजुलाई लिएर रुक्मिणिको घर गए। कुरो छिनियो, विवाह तय भयो। धुमधाम सँग विवाह पनि भयो। कृष्ण वेहद खुशी थियो। रुक्मिणी पनि बेहद खुशि नै थिई। एक अर्का प्रतिको लागाव , समर्पण , प्रेमले वशिभूत ती युगल आफुलाई संसारकै भाग्यमानी सम्झिन्थे। समय सँधै एकनास कहाँ चल्छ? समय सँग हरेक कुरा फेरिन्छ, मान्छेको मन पनि। यसै पनि उखानै छ ” नारिलाई सारी, र पुरुषलाई नारी जति भए पनि पुग्दैन।” रुक्मिणी गर्भवती भएपछी नै उसले महसुस गर्न थाली, कृष्ण आजकल पहिला जस्तो प्रेमभावले प्रस्तुत हुदैन। कत कता फरक अनुभुती उसलाई हुन थालेको थियो। कहिले अत्याधिक खुशी देख्थी, कहिले एकदमै उदास। उसले सोधेकी पनि थिई ” के भको छ आजकल तपाइलाई? कहिले घरमा कुनै खुशिको कुरै नहुँदा पनि एकदमै प्रफुल्ल देखिनुहुन्छ, कहिलेकाही घरमा त्यस्तो कुनै समस्या नै नहुँदा पनि एकदमै उदास देखिनु हुन्छ।के भएको छ? म सँग नभने को सँग भन्नू हुन्छ?” कृषणले जवाफ दिन्थ्यो-” त्यस्तो केही हैन। कहिलेकाही सोच्छु हामी बाबा आमा हुँदैछु, त्यतिकै खुशी लाग्छ। कहिके सोच्छु उसको भविस्यको चिन्ताले फेरि उदास बनाउँछ।”

भन्दै मुसुक्क हाँसेर अँगालो हाल्थ्यो। उ पनि कति जिम्मेवार सोच तपाइको भन्दै मक्ख पर्थी। दिन बित्दै गयो। रुक्मिणिले छोरिलाई जन्म दिई। दुवैजना अत्यन्त खुशी थिए। सुत्केरी स्याहार गर्न आफू बिजनेसमा हुने भएकोले समस्या हुने कारण देखाएर रुक्मिणिलाइ 1 महिना माइत पठाइयो। १ महिना पछि घर फर्किंदा उअसले केही दिनमै अनौठो महसुस गर्न थाली। बिहान आफू सबेरै उठ्नु पर्ने काराण देखाउँदै कृष्ण अलग कोठामा सुत्न जान्थ्यो। रुक्मिणिले ढोका बाट चिहाउदा अबेर सम्म कृष्ण मोबाइलमा व्यस्त भएको देख्थी। कहिले सानो स्वरमा गुनगुन गरेको सुन्थी। उसलाई अब भने चिसो पस्यो।

केही गडबडी पक्कै भैरहेकोछ। एकदिन फोन गर्ने बहानामा उसले कृष्णको मोबाइल मागी। उसले पनि दियो। उसले सबै चेक गरि कल लग देखि व्हाटसेप, मेसेन्जर सबै। तर त्यहाँ शंकास्पद केही कुरा पाउन सकिन। बेकार शंका गरेछु भन्ने पनि उसलाई नपरेको हैन। कतै छोरी भयो भनेर त उसले वास्ता गर्न छोडेको हो कि भन्ने पर्न थाल्यो। उ स्पष्ट हुन चाह्न्थी। त्यसैले एकदिन उसले सोधी-” तपाईं लाई छोरी मन पर्दैन हो? एकछिन हेर्नू हुन्छ हतार हतार खाना खाएर कोठामा छिर्नुहुन्छ। किन यति वेवास्ता गर्नु भएको?” कृष्णले जवाफ दियो-” कस्तो कुरा गर्छौ? तिमिलाई थाहैछ, म बिहानै हिड्न पर्छ, दिनभरी मिहिनेत गर्छु यहि छोरिको भविष्यको लागि भनेर, मैके उसको भविष्यलाई समय दिउँ कि तिमिलाई समय दिउँ? ” तिमिले उसको स्यहारमा कुनै कमि राख्दैनौ। त्यसैले म ढुक्क भएर भोलि छाँडो उठेर उसैको लागि काम गर्न जान्छु। त्यस्तो पनि सोच्ने हो?”

उ चुप हुन्थी। एकदिन कृषले आफू साथिहरु सँग अन्तु गएको र घर न आउने सुनायो। उसको साथी उसले सबै चिन्थी। कृष्णको सबै भन्दा मिल्ने साथी अर्जुन थियो। अर्जुनकी श्रीमती सुभद्रा र रुक्मिणी पनि चिरपरिचित नै थिए।कता कता रुक्मिणिलाई चिसो पस्यो र सुभद्रालाई फोन लागाई। ” आज त मालिक हरु अन्तु हिदेछन। हामी पनि जानू पर्छ मिलाएर एकदिन” भनी। सुभद्राले” को गयो र अन्तु ? ” भन्दै प्रतिप्रश्न गरिन। रुक्मिणिले तपाइका र हाम्रा मालिक” भनी। सुभद्राले” उहाँ त यहि हुनुहुन्छ ” भनी। अब रुक्मिणिको जमिन भासियो। फोन काटी। उसको छाटी फुट्ला जस्तो भयो।

आज कृष्णले झुक्याएको धोका दिएको महसुस गरि। कृष्णलाई फोन लागाई । स्विच अफ थियो। रातभरी छट्पटी मै बिताई। भोलि पल्ट बिहानी पख मै फोन लगाई। उता बाट कृष्णले ” सरि! चार्ज गर्न नपाएर मोबाइल स्विच अफ भएको थियो ” भनेर जवाफ दियो। झुट लुकाएर कति दिन लुक्छ। एकदिन पर्दाफास हुनु नै छ। उसको घरमा आइजाई भैरहने एउटा छिमेकी बहिनिके उसलाई ” आजकल दादाको एउटि आईमाई जहिके देख्छु। कति चोटि त सँगै हलमा पनि गएको देखेको छु।” अब रुक्मिणिको शंकालाई बल पुग्यो। उसले त्यस्को बारेमा आज स्पष्ट भएरै छोड्ने निधो गरि।एकछिन ठ्ण्डा दिमाग लागएर सोची। त्यो बहिनी सँग त्यसको परिचय बुझ्न थाली। फेसबुकमा सर्छ गरि। रिक्वेस्ट पठाई। बिस्तारै कुरा गर्न थाली।

उ थिइ राधा। उ पनि विवाहित नै थिई। विवाहित भए पनि श्रीमान सँग एकै घरमा पनि अलग अलग जस्तै भएर बसेकी राधाले रुक्मिणी सँग आफुलाई कसरी श्रीमानले उपेक्षा गर्थ्यो, कसरी बाहिर संसारमा भुलेर आफुलाई नराम्रो व्यवहार गर्थ्यो भन्ने सम्मका सबै दुखान्त क्षणहरु सुनाएकी थिइ। उपेक्षा बेहोरिरहेको मानिसलाई कसैले सात्वना दिदा माया देखाउदा मन पग्लेर आफू कसैको मायामा परेको सम्म उसले सुनाई। रुक्मिणिलाई राधा प्रती दया भन्दा पनि रिस उठिरहेको थियो।तर पनि आफुलाई कन्ट्रोल गर्थी। कुरा हुँदा राधा बारमबार कृष्णको प्रशंसा गर्थी। दादा सारै राम्रो मान्छे भन्थी। उहाँ लाई धेरै माया गर्नुस है भाउजू सम्म भन्थी। उस्को चलाखीले रुक्मिणिलाई असह्य रिस पनि उठ्थ्यो। आफुलाई सम्हाल्थी। एकदिन रुक्मिणिले राधालाई खाना खान घरमा आउने निम्तो दिई। अर्को दिन राधा रुक्मिणिको मा निम्तो मान्न पुगि। राधाले त्यो दिन सबै आफू पकाउने भनी।

सबै पकाई पनि। दिउँसो कृष्ण खाना खान घर आयो। खानाको कहिके प्रशंसा नगर्ने मान्छेले आज धेरै प्रशंसा गरिरहेको थियो। रुक्मिणिकै अघि राधाको खुब प्रशंसा गरिरह्यो। रुक्मिणी भित्र भित्रै जलिरही, तर मुस्कुराइ पनि रहि। खाना खाएर कृष्ण आफ्नो काममा फर्कियो। राधा र रुक्मिणी एक अर्कामा गफिन थाले। पुरुषहरु कति स्वार्थी हुन्छन, नयाँ मान्छे भेटेपछी घर परिवार आफ्नै श्रीमती लाई कति वेवास्ता गर्छन भन्ने विषयमा जमेर गफ गरे। रुक्मिणिले राधाको परिस्थिति प्रती सहानुभूति जताई। र आफू पनि त्यही पिडामा परेको सुनाई। राधाले अचम्भित भएको भान पर्दै के भयो सुनाउनु न भनेर उत्सुकता देखाए जस्तो गरि। रुक्मिणिले मौका यहि हो भन्दै भन्न थाली। कृष्णले पहिला आफुलाई संसार बिर्सिने गरि माया गर्थ्यो। उसको मायाले म आफुलाई साँच्चै भाग्यमानी महसुस गर्थें। खै दैवको आँखा लग्यो केरे।

एउटा आईमाई हामी दुई बिचको जिन्दगिमा आई। उ सँग गफ्गाफ हुन थालेपछी, उहाँले मलाई दिने समय घट्दै गयो। माया प्रेमको साटो झर्को फर्को बढ्न थाल्यो। उहाँको माया बाँडियो, उहाँको लागाव उसै तिर बढ्न थाल्यो। मलाई प्लास्टिकको फूल दिन थाल्नु भयो, जसमा सुगन्ध नै हुँदैन्थ्यो, उसलाई गुलाब दिनुहुन्थ्यो। हुन त उ पनि माया नपाएकी मान्छे, उसले पाउनु राम्रो कुरा हो। तर जसको सिन्दुर मैले लाएको छु, जस्लाई आफ्नो दुनियाँ सम्झेको छु, उसैले मलाई बिर्सिन सक्ने गरि माया दिने त्यो आईमाई कति मायालु रहिछ? आफू त्यही पीडा बाट गुज्रेर अर्कोलाई त्यही पिडामा डुबाउन सक्ने त्यो आईमाई लाई त्यो होस पनि छ कि छैन था छैन।

तर मेरो हकको प्रेम लुट्ने त्यो आईमाई वास्तवमै लुटेरा हो। उसले सोच्नु पर्थ्यो कि पुरुषको जातै त्यस्तै हो, पछि लाग्छ, तर आफुले अर्को नारिको हकको प्रेम लुट्नु हुँदैन भन्ने। उसले पहिलेको आफुलाई हेर्नू पर्थ्यो। र अहिले मेरो श्रीमानको प्रेम र आत्मियता देखावटी हो, जसले सात फेरा घुमेको आफ्नो श्रीमतिलाई त इमान्दार भएर माया गर्न सकेन भने मलाई साच्चै माया कसरी गर्न सक्छ? भोलि अर्को भेट्दा आफुलाई त्यसै गरि उपेक्षा गर्छ भन्ने सोच्नु पर्थ्यो। उसलाई घृणा गरेर भन्न सक्नु पर्थ्यो कि इमान्दार छौ भने मलाई दिने समय आफ्नो श्रीमतीलाई देउ, म माथी गर्ने खर्च आफ्नो श्रीमती माथी गर, म सँग घुम्नको साटो आफ्नो श्रीमती घुमाउ।मेरो खुशिको चिन्ता हैन, आफ्नो परिवारको खुशिको चिन्ता गर। आफू पुरुष हुनुको सार्थकता त्यहाँ पाउने छौ।पुरुष बन। जता गुलियो त्यतै भुलिने झिँगा नबन। उसले त्यसो भन्न सक्नु पर्थ्यो, तर त्यो आईमाई मेरै खुशी लुट्नमा आन्न्दित छ,”।

राधाको अनुहारमा एककिसिमको निलोपन छयो। लज्जा र ग्लानी दुबै महसुस भएको स्पष्ट देखिन्थ्यो। तर पनि सम्हालिएर भनी- ” चिन्ता नगर्नु भाउजू! दादा त्य्स्तो मान्छे जस्तो लागेको थिएन। म सम्झाउँछु दादालाई, अहिले म जान्छु भाउजू! कुरा गर्दै गरौला।” यति भनेर राधा घर निस्की। बेलुका कृष्ण घर आयो। खुशी देखिन्थ्यो। धेरै पछि कृष्णले रुक्मिणिको निधारमा आज चुम्बन गर्यो। मीठो बोल्यो। तिमी कति ज्ञानी छौ, सबैके तिम्रो प्रसंसा गर्छन , मलाई गर्व लाग्छ तिमी मेरो हुनुमा” खाना खाएर कृष्ण आफ्नो कोठामा गयो। रुक्मिणी पनि निदाई। बिहान निक्कै भैसक्दा पनि आज कृष्ण काममा जाने छँट गरिरहेको छैन।

अनुहारमा रुँला रुँला जस्तै पीडा छ, हतास देखिन्छ। रुक्मिणिले सोधी।” के भयो आज तपाइलाई, सन्चो छैन कि?” कृष्णले सन्छ छैन, मलाई एकछिन नबोलाउ, एक्लै छोडिदेउ प्लिज ” भादै कोठा बन्द गरेर बस्यो। उ रोएको बाहिर पनि हल्का सुनिन्थ्यो। रुक्मिणिको मन अतासियो। उसले राधाले केही भनिन कि भनेर बुझ्न राधालाई फोन लागाई। फोन स्विच अफ थियो। मेसेन्जर खोली फेसबुक डिएक्टिभ थियो।व्हाटस एप पनि एकाउन्ट डिलिट थियो। कृष्णको यस्तो अवस्था हुनुको काराण त्यही रहेछ भनेर बुझ्न रुक्मिणिलाई समय लागेन।वास्तवमा पहिलोपटक आज कृष्ण रुदा रुक्मिणी खुशी भएकी थिइ। र पनि रुवाई उसले देख्न सकिन।

धोका ढक्ढकायाई, कृष्णले ढोका खोल्यो। उसलाई सहज होस भनेर नै रुक्मिणिले भनी-” राधा नानिको फोन पनि लाग्दैन, मेसेन्जर पनि ब्लक छ के भयो होला पिर लाग्यो मलाई ” भनी। ” हो ! उ बेपत्ता भएकिछ हिजो बाटै मैले उसको घरमा पनि बुझें, कोहि कसैलाई केही था छैन। कहाँ गयि! के भयो कसैलाई थाहा छैन।” अनाहाकमा कृष्णको मुखबाट निस्किन पुग्यो – ” i love her” यसको एक हप्ता पछि रुक्मिणिको फोनमा विदेशी नम्बरबाट मेसेज आयो। ” भाउजू! बोल्ने आँट म मा रहेन।दादालाई पत्तो नहोस, म डिपेण्डेन्ट भिसामा जापान आएकोछु। तपाइको खुशी अब केवल तपाइकै हुन्छ, मैले अन्जानमा आफ्नो खुशिको मातमा बेहोश भएर तपाईलाई गहिरो पिडामा डुबाए, मलाई माफ गर्दिनुस। म नारी भएर कमसेकम म बाट अब आइन्दा कुनै अर्को नारिको खुशी प्रेम लुट्ने काम हुँदैन । म सँधैको लागि कृष्णको जिन्दगी बाट टाढिए। हुन सक्छ मलाई माफ गर्दिनुहोस। ” आज रुक्मिणिले हारी सकेको अप्रत्याशित जित महसुस गरि। कृष्ण घर आउने बितिक्कै उसले ढोकैमा कृष्णको निधारमा चुम्बन गरि। कृषणले रुक्मिणिको निधारमा चुम्बन गर्यो।

तपाईको प्रतिक्रिया