इटहरी। इटहरी उपमहानगरपालीका वडा नम्बर १२ निवासी बर्ष २५ कि हरिमाया खत्री नाम गरेकी महिला  बेपत्ता भएकी छिन् । मानसिक सन्तुलन गुमाएकी उनी मिती २०७५/०५/२५ गते कसैलाइ केही नभनी   घरबाट हिडेको र अाज सम्म सम्पर्क मा नअाएपछी उनका श्रीमान तिर्थ बहादुर खत्रीले खाेजतलास गरी पाउ भनी इलाका प्रहरी कार्यालय इटहरी निवेदन दिएका छन ।

हराएकी श्रीमतीको खोजीका लागि खत्रिका श्रीमान् तिर्थ बहादुरले भाद्र २६गते हुलिया सहितको निबेदन पेश गरेको र प्रहरी कार्यालयबाट खोज तलास गर्दा हालसम्म कहि कतै फेला नपरेकोले सञ्चार माध्यमको सहियोग गरिएको उल्लेख छ।

हराएकी हरिमायाको हुलिया
वर्ण गहुगोरो, उचाई अन्दाजी ५ फिट २ ईन्च, कपाल कालो, पातलो शरीर, कुर्ता सुरुवाल लगाएकी साईड ब्याग बोकेकी, नाकमा सुनको नथिया लगाएकी घर सुनसरीको इटहरी बताउने मानसिक असन्तुलन भएकी  हरिमाया खत्री  हराएकी हुदा देख्नुहुने महानुभाबले  इलाका प्रहरी कार्यालय इटहरी  वा नजिकैकाे प्रहरी कार्यालय वा  सम्पर्क गर्दिनुहुन इलाका प्रहरी कार्यालय इटहरीले अनुराेध गरेकाे छ ।

तपाईको प्रतिक्रिया