काठमाडौ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै लायन्स क्लवले काठमाण्डौं सुन्धारा स्थित केन्द्रीय कारागारमा रहेका ३ हजार २ सय कैदिबन्दि र सुरक्षाकर्मीहरूका लागी कारागार प्रमुखलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरूमा हातधुने साबुन र माक्स रहेका छन् ।

सेवा नै धर्म हो भन्ने नाराका साथ अगाडि बढेको लायन्स क्लव अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक तीनसय पच्चिस ए वान अन्तर्गतका लायन्स क्लव अफ काठमाण्डौं हिमालयन्स र लायन्स क्लव अफ माउन्ट मकालुको संयुक्त आयोजनामा उक्त सामाग्री हस्तान्तरण गरेको लायन्स क्लव अफ माउन्ट मकालुका प्रथम भाईस प्रेसिडेन्ट लायन भिम प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

विगतका दिनहरूमा पनि लायन्स क्लवले विभिन्न सामाजिक कामहरू गर्दै अगाडि बढिरहेको छ ।

डिस्ट्रिकका रिजनल प्रमुख बुद्दिबहादुर कार्कीको प्रमुख आथित्यतामा सम्पन्न सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ हिमालयन्सका प्रेसिडेन्ट लायन अनिता कार्की, प्रथम भाईस प्रेसिडेन्ट लायन भिम प्रसाद पोख्रेल, माउन्ट मकालुका प्रेसिडेन्ट लायन विश्वनाथ न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया