धनकुटा । धनकुटा नगरपालिकाको केही क्षेत्र आज पुन सिल गरिएको छ । कोरोना भाईरसलाई नियन्त्रण गरी फैलन नदिनका लागी धनकुटा नगरपालिकाको वडा नम्वर ५,६ र ७ को केही क्षेत्र आज भाद्र ३१ गते राती देखी अशोज ६ गते एक हप्ताका लागी लक डाउन गरी शिल गरिएको हो । धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्तरीय कोभिड १९ क्राईशिस मेनेजमेण्ट सेन्टर अध्यक्ष केशव प्रसाद विमलीको अध्यक्षतमा वसेको बैठकले धनकुटा बजारमा कोरोना भाईरस संक्रमितको पुष्टि भएकाले धनकुटा नगरपालिका वडा नं. ५ ,६ र ७ को सिमाना गोकुण्डश्वर बाल मन्दिर माबिको खोल्सि देखी बौद्धिक विकास समितिको क्रियाघर छेउको खोल्सी सम्म लक डाउन गरी शिल गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनुभयो । आज थप एकजनामा कोरोना संक्रमण पुष्टि भए लगतै उक्त क्षेत्र सिल गरिएको हो ।

तपाईको प्रतिक्रिया