धनकुटा । सीप सिकौ आत्मनिर्भर बनौ भन्ने आभियानका साथ अघि बढेकि प्रमिसाले देशभरका महिला दिदि बहिनिहरूलाई सीप सिकाउदै आउनु भएको छ ।

लकडाउनमा पनि केही गर्न सकिन्छ भन्ने उदेश्यले धनकुटा लेडि जेसिजकि संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठले घरमै वसि वसि तालिम सञ्चालन गर्नु भएको छ ।

महिला दिदि बहिनीहरूलाई घरमा खेर गईरहेका सामानलाई पुनः कसरी प्रयोगमा ल्याउन सकिन्छ र यसलाई आय आर्जनको गतिलो माध्यम कसरी बनाऊन सकिन्छ भन्ने उदेश्यले अनलाईन मार्फत तालिम सञ्चालन गरेको प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

आफुसँग बच्चादेखि नै रहेको उक्त सिप मार्फत लेडि जेसिज नामक संस्था खोलि नेपालभरका महिलाहरूलाई प्रशिक्षण दिईरहनु भएको छ।

उहाँले संस्थाको स्थापना कालदेखि नै विभिन्न सामाजिक कामका साथै घरमा खेर गईरहेका पुराना कपडा, सिसाको बोतल, माक्स निर्माण, मेहन्दी लगाउने तालिमलगायतका सिपहरू जिल्लामा विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा निःशुल्क रूपमा तालिम सञ्चालन गर्दै आउनु भएको छ ।

उक्त सिपलाई हाल अनलाईन तालिमबाट पनि पाटन जेसिज र हेटौंडा लेडी जेसीजको माध्यमबाट १ सय ६० जनालाई घरैमा बसेर सीप सिकाउनु भएको छ ।

तपाईको प्रतिक्रिया