इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट राप्रपा सहित बिभिन्न पार्टी परित्याग गरी ५ सय १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सहित अन्य पार्टी परित्याग गरी ५ सय १३ जना बुधवार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बरमा १ को मंसुरी चौकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा सहित अन्य पार्टी परित्याग गरि ठूलो संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
बिभिन्न पार्टीमा लागेर पनि देश र जनताको भलो नहुने देखेपछि जिल्लाभरी नै बिभिन्न पार्टी परित्याग गरी कांग्रेसमा आउनेहरुको लहर अहिले बढेको छ ।
सुनसरीमा नेपाली कांग्रेसप्रति बिश्वास सर्वसाधारणको बढ्दै गएपछि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर नै बढेको छ । नेपाली कांग्रेस सरकारमा नभएको अवस्थामा समेत सर्वसाधारण मुलुकको परिर्वतन र कृषिमा क्रान्ति ल्याउने पार्टी नै कांग्रेसमा भएको ठहर गर्दै कांग्रेस प्रति आक्रसित हुन थालेको सुनसरीका कांग्रेसका सभापति राजीव कोइरालाले बताएका छन् ।
सुनसरी कांग्रेसका सभापति एवं प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न सो पार्टी प्रवेश कार्यक्रममा कोइरालाले कांग्रेस सबै धर्म र सबै जातजाति भएकै कारण यसप्रति सबैको आकर्षण बढ्दै गएको र आउने दिनमा नेपाली कांग्रेसले ऐतिहासिक बहुमतका साथ मुलुकको सरकार सञ्चालन गर्ने ठोकुवा गर्नुभयो । उनले वर्तमान सरकार हरेक दृष्टिकोणबाट बिफल हुदैं गएको बताउनु हुदैं देश र जनताको विकास र मुलुकको कल्याणको निम्ति कांग्रेसको विक्लप नरहेको समेत जनताले बुझिसकेको कारण देशभरी नै अन्य पार्टी परित्याग गरी कांग्रेसमा आउनेहरुको लहर चलेको बताउनुभयो ।
अहिले सुनसरीको बिभिन्न स्थानीय तहमा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेकोे हो । जनताको समस्यालाई नजिकबाट नियालेर हेर्ने पार्टी नै नेपाली कांग्रेस भएकोले जनताको साथमा रहेर सहयोग गर्ने एक मात्र पार्टी कांग्रेसले मुलुकको विकास तथा सम्बृद्धिका लागि आवाज उठाउने गरेकै कारण कांग्रेसमा आउनेहरुको संख्या दिनँहु बढ्दै गएको नेपाली कांग्रेसका नेताहरु बताउँछन् ।
नेकपाको सरकार भ्रष्टाचारमा लिप्त रहेको , नयाँ नेपालको परिकल्पना बोकेको , सम्बृद्ध नेपाल बनाउन नसकेको र विकास गर्न नसकेको नेकपा पार्टीमा नगई लोकप्रिय पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेको आजिम मंसुरीले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी भोक्राहा नरसिंहका अध्यक्ष आजिम मंसुरी सहित ५ सय १३ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
सुनसरीमा कांग्रेसको बिक्लप न रहेकोले जनताहरुको रोजाई नै नेपाली कांग्रेस भएको दाबी गरेका छन् । बिशिष्ट अतिथि सुनसरी क्षेत्र नम्बर २ का सांसद सीताराम मेहताले सहमति सहकार्य र एकताबाट अगाडी बढ्न आवश्यक रहेको बताए । सुनसरीमा कांग्रेस स्थानीय तहमा जितेकाले जनताको समस्याप्रति गम्भिर भएर हेर्ने गरेकै कारण कांग्रेसमा प्रवेश गर्नेको लहर बढेको हो सांसद मेहताले बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै कोशी गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति ऐयुब अन्सारीले प्रवेश गरेका नवप्रवेशीहरुलाई अबिर लगाई स्वागत गरेका थिए । कांग्रेसमा प्रवेश गरेकाहरुलाई नआतिकन पार्टीप्रति बफदार बन्न अनुरोध गर्दै उनले कांग्रेस ठूलो पार्टी भएपनि सबैलाई अटाउने क्षमता राखेकै कारण जनताको रोजाई अहिले बन्दै गएको स्पष्ट पार्दै पार्टीमा आउनेहरु सबैलाई इमान्दारिताका साथ पार्टीको विद्यान अनुसार आ आफना कार्य क्षेत्रमा खटेर पार्टीको काम गर्न सुझाए । सबैसँग समन्वय र सहकार्य गरेर अगाडी बढने समेत प्रतिवद्धता उनले ब्यक्त गरेका छन् । आफु सहित पार्टीको नेतृत्वसँग कुनै बेलापनि गुनासो वा समस्या निर्धक्कसँग राख्न क्षेत्रिय सभापति अन्सारीले अनुरोध गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा प्रदेश सांसद ताहिर अन्सारी, कांग्रेस सुनसरीका सचिव केदार भण्डारी, नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहाल, मुस्लिम संघका अध्यक्ष हाजी ईसराइल मंसुरी, कांग्रेसका नेता जमिल अख्तर , भोक्राहा नरसिंह २ का वडाध्यक्ष आलम अन्सरी, ४ का वडाध्यक्ष हारुन अन्सारी लगायतकाहरुले नवप्रवेशीहरुलाई फुलमाला , अबिरको टिका र दोसल्ला ओढाई सम्मान तथा स्वागत गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सचिव राजेन्द्र प्रसाद मेहताले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया