धनकुटा  । विश्वभर फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै धनकुटा बजारका ब्युटिशिएन र हेयर कटिङ्ग व्यावसायीहरुका लागि उद्योग बाणिज्य संघको पहलमा सुरक्षित सामाग्री उपलब्ध भएको छ ।
उपलब्ध गराएका सामाग्रीहरुमा फेस सिल, माक्स र सेनिटाईजर लगायत रहेका छन् । उक्त सामाग्रीहरु धनकुटा उद्योग बाणिज्य संघका अध्यक्षविजय सन्तोषि राईको अध्यक्षतामाउपलब्ध गराईएको हेयर कटिङ्ग व्यावसायिले बताएका छन् ।
लगातार लक डाउनका कारण बन्दभएका व्यूटिशियन र हेयर कटिङ्ग व्यावसायीहरुको बारेमा नेपाल सौन्र्दय कला व्यावसायी संघ धनकुटा, नेपालनाई संघ धनकुटाका पदाधिकारी र सदस्यसंग धनकुटा उद्योग बाणिज्य संघले छलफल गरी सूरक्षित सामग्री उपलव्ध गराएको हो ।
लक डाउनका कारण उद्योग व्यापार र व्यावसाय पूर्ण रुपमा धराशायी भएकोले राज्यले सहयोग गर्नु पर्ने सहभागिहरुले माग राख्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले व्यूटिशिएन र हेयर कटिङ्ग व्यावसाय लक डाउनका कारण ठूलो मारमा परेकोले सरकारले सूरक्षि वातावरण सिर्जना गरी व्यावसाय सञ्चालनगर्न दिनु पर्नेमाजोड दिनु भयो ।
सौन्र्दय कला व्यावसायी संघ धनकुटाका अध्यक्ष किरण श्रेष्ठ,नेपालनाई संघ धनकुटका अध्यक्ष सुधिर ठाकुर,उपाध्यक्ष सतिस ठाकुर लगायतले सूरक्षित विधि अपनाएर व्यावसाय सञ्चाल नगर्न सरकार समक्षमाग गरेका छन् ।
उक्त कार्याक्रममा धनकुटा उद्योग वाणिज्य संघका वरिष्ठउपाध्यक्ष मन कुमारी तितुङ्ग, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,घरेलु तथा सानाउद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठल गायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया