इटहरी । कोरोना कहरका कारण विगत ६ महिना देखि होटल व्यवसाय वन्द गर्नु पर्दा करोडौको नोक्सानी र आफु तथा कर्मचारीहरुको रोजीरोटी गुमेको इटहरीका व्यवसायीहरुले गुनासो गरेका छन ।

होटल व्यवसायी संघ इटहरीले आयोजना गरेको एक कार्यक्रममा होटल व्यवसायीहरुले  आफुहरु घर भाडा र बैक व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका हुन ।

प्रदेश नम्बर १का कानुन मस्यौदा समितिका संयोजक रेवतीरमण भण्डारीको प्रमुखआतित्यता तथा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने व्यवसायीहरुले लामो समयको वन्दका कारण घर भाडा र बैक व्याज कसरी तिर्ने भनेर सताउन थालेको गुनासो गरे ।

लामो समय देखि बन्द रहेका व्यवसायीहरुको व्याज र भाडाका समम्वन्धमा सम्वन्धित पक्षले ध्यान दिनु पर्नेमा जोड दिए ।

उनीहरुले व्यवसायीको करौडौको लगानी डुब्ने अवस्थामा पुग्दा समेत सरकारले कुनै पनि किसिमको राहतको प्याकेज नल्याउदा आफुहरु उदास बन्नु परेको भन्दै राहतको प्याकेज ल्याउन सरकारसंग माग समेत गरे ।

लामो समयको वन्दका कारणहरु मारमा परेको भन्दै केही दिन पहिले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाउदै स्वास्थ्य सुरक्षा अपनाउदै आगामी असोज १ गते देखि होटल व्यवसाय सञ्चालन गर्ने जनाएको संघले सोही अनुसार असोर १ गते देखि सबै खाले होटल व्यवसाय सञ्चालनमा ल्याउने जानकारी गराए । सोही अवसरमा हाल सरुवा भएर इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी समाल्न आएका डिएसपी अर्जुन केसीलाई व्यवसायीहरुले स्वागत सम्मान गर्दै शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासनलाई आग्रह समेत गरे ।

कार्यक्रमका बक्ता कतिपयले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गरि होटल व्यवसायमा ठुलो लगानी गरेका कारण समेत आफुहरु थप मारमा परेको गुनासो गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी भण्डारी , होटल व्यवसायी संघ प्रदेस नम्बर १ अध्यक्ष मणिन्द्र कटुवाल , उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल वरिष्ठ उपाध्यक्ष दिवस पोख्रेल लगायतले बोलेका थिए भने होटल व्यवसायी संघ इटहरीका वरिष्ठ उपाध्यक्ष गोविन्द थापा , पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का , नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया