जमीनबाट ८० देखि एक सय किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ। प्राविधिकहरू यी टुक्रालाई ुटेक्टोनिक प्लेटु भन्छन्। यस्ता प्लेटहरू समुद्रमा डुंगा तैरिरहेजस्तो एस्थेनोस्फेएर मा तैरिएर निश्चित दिशामा हिँडिरहेका छन्। यसरी हिँड्ने क्रममा यस्ता प्लेटहरू कहीँ एक अर्काबाट टाढा जान्छन् भने कहीँ नजीक आएर ठोक्किन्छन्। यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्कोका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ। केही समयसम्म यस्तो शक्ति सञ्चित भएर रहन्छ, तर जब यस्तो शक्ति उक्त क्षेत्रमा रहेको चट्टानले थाम्ने क्षमताभन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानसमेत फोरेर भएभरको ऊर्जा एकैचोटि बाहिर निस्कन्छ। यसरी सयौँ वर्षदेखि सञ्चित ऊर्जा एक्कासि निस्कँदा भुईंचालो जान्छ।

टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भुईंचालो जाने गर्छ। यस्ता सिमानाहरूमा प्लेटहरू एकआपसमा ठोकिने, एक प्लेट अर्कोमा घोटिएर तेर्सो गरी चिप्लिने, दुई प्लेट टाढा जाने र एक प्लेट अर्कोमुनि घुस्ने क्षेत्र पर्दछन्। जसमा नेपाल पनि एक हो जुन इन्डियन प्लेटको माथि रहेको छ। त्यसैले यहाँ नियमितजसो कहीँ न कहीँ थाहै नपाइने, साना र ठूलामध्ये कुनै न कुनै प्रकारका भुईंचालो गइरहन्छन्। करिब पाँच करोड वर्ष पहिले दक्षिणतर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटसँग ठोक्किन पुगेको विश्वास प्राविधिकहरूको छ। उक्त ठोक्काइपछि पनि इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन। इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम तिब्बत र नेपालबीचमा भने प्रतिवर्ष एक इन्चका दरले चालू छ।ृ१े

पराकम्पन
पराकम्पन भनेको सानो भुइँचालो हो जुन मुख्य भुइचोलो आइसके पछी त्यही छेत्रमा आउने गर्द्छ । यो मुख्य भुइँचालो भन्दा सानो हुने गर्द्छ । यदी परकम्पन मुख्य भुइँचालो भन्दा ठुलो भएमा ठुलो लाई मुख्य भुइँचालो भनिन्छ अनि पहिले आएको मुख्य भुइँचालो लाई भुइँचालोको पुर्व कम्पन भनिन्छ । भुइँचालो आइसके पछी ठोक्किएका दुइ प्लेटहरु यथा स्थानमा न आउँदा सम्म परकम्पनहरु आइरहन्छन ।

नेपालमा भुईंचालो

नेपालमा भुईंचालो जानुका प्रमुख कारण भारतीय भू-खण्डको उत्तरतिर भइरहेको विस्थापन हो। भारतीय भूखण्ड प्रत्येक वर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ हिँडिराखेको छ र करिब २ सेन्टिमिटरका दरले हिमालय क्षेत्रमा दबाब सञ्चित भइरहेको छ। यसरी सञ्चित भएको दबाब चट्टानले थेग्न सक्नेभन्दा बढी भएमा भौगर्भिक दरारहरूमा अकस्मात विस्थापन हुन्छ र भुईंचालोका तरंगहरूको चारैतिर प्रसारण हुन थाल्छ। भुईंचालोले सधैं र सबै स्थानमा एकैकिसिमको क्षति हुँदैन र यो धेरै कुरामा भर पर्छ।

काठमाडौंदेखि पूर्वको क्षेत्रमा गएका ठूला भुईंचालोमा विसं १९९० को महाभुईंचालो (८.२ रेक्टर), विसं २०४५ को उदयपुर केन्द्रविन्दु रहेको भुईंचालो (६.५ रेक्टर) हुन् भने त्यसपछिका भुईंचालोमा असोज एक गते आइतबार गएको भुईंचालो (६.९ रेक्टर) पर्छ। यसबाहेक साना भुईंचालोहरू दिनहुँ गइराखेका हुन्छन्। असोज एक गते गएको भुईंचालो विसं २०४५मा गएको भुईंचालोभन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्‍याएको पाइएन जो एक चासोको विषय भएको छ। १९९० सालमा गएको महाभुईंचालोबाट नेपालमा मात्र सात हजारभन्दा बढीले ज्यान गुमाएका थिए। त्यसैगरी २०४५ सालमा गएको भुईंचालोबाट सात सयभन्दा बढी मानिसको ज्यान गएको थियो भने असोज १को भुईंचालोबाट हालसम्म नेपालमा ८ जना र भारतमा ५० भन्दा बढीको ज्यान गएको छ।

भुईंचालो आएपछि अपनाउनुपर्ने सुरक्षाका उपायहरू

-भुईंचालोको समयमा लिएर हिडने झोला तयार राख्‍नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्छस् टर्च र व्याट्री, सानो रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरू र आफ्नो परिचयपत्रको फोटोकपिहरू ।

-आपत परेको बेला खबर गर्न आफुसंग सँधै सिट्ठी राख्‍नुहोस्।
-भुईंचालो गएपछिको समयमा टेलिफोन सन्जाल व्यस्त रहने भएकाले सकभर मोबाइलबाट टेक्स सन्देशहरू आदानप्रदान गर्नुहोस्।
-भुईंचालोको समयमा खस्ने वस्तुहरू मृत्यु अथवा चोटपटकका मुख्य कारण हुन्। यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि घरपरिवारहरूले साधारण उपायहरू गर्नसक्दछन्। यस्ता वस्तुहरूमा फर्निचर, फोटोको फ्रेम, सजावटका वस्तु, पुस्तकका तख्ता, ग्यास सिलिन्डर आदि पर्दछन्।
-भुईंचालोको धक्का आएको बेला सुरक्षित रहने उपाय भनेको घुँडा टेकेर गुडुल्किने र ओत लागेर समात्ने हो। यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्‍नु पर्दछ।
-जब भुईंचालो रोकिन्छ, त्यसबाट पुगेको क्षतिबाट नयाँ जोखिमहरू उत्पन्न हुन्छन्। यस्ता जोखिममा आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी आदि पर्दछन्। मानिसहरूले यस्ता जोखिमहरू छन् भनी ध्यान दिनुपर्दछ र जोखिम कम गर्नकालागि सावधानी अपनाउनु पर्दछ।
-भुईंचालो आएको बेला शान्त रहनु महत्वपूर्ण हुन्छ। उर्जा र अक्सिजनको कम मात्रा मात्र खर्च होस् भन्नकालागि चिच्याउनु हुँदैन।
-प्राकृतिकरुपमा भुईंचालो जानुबाट आफैमा धनजनको क्षति हुँदैन। तर खराब भवन, संरचना इतर उपायहरूको अभाव र सचेतनाको अभावजस्ता असुरक्षित प्रचलनहरू संकटका कारण हुन्। त्यसतर्फ सचेत रहनुपर्दछ।

नेपालमा ठूला भुईंचालोहरु

भूकम्पीय इतिहासअनुसार नेपालमा हरेक ७० देखि एक सय वर्षमा एक महाभुईंचालो र हरेक ५० वर्षमा मध्यमखालको भुईंचालो जाने गरेको पाइन्छ। असअघि नेपालमा विसं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९० र २०४५,२०७२ सालमा ठूला भुईंचालो गएको इतिहास छ।

-२ माघ १९९० मा संखुवासभा जिल्लाको चैनपुर केन्द्र भएर गएको भुईंचालो आठ दशमलव चार रेक्टर स्केलको थियो। हालसम्म सबैभन्दा विनाशकारी भनेर २ माघ १९९० सालको महाभुईंचालोलाई लिइन्छ। आठ दशमलव चार रेक्टर स्केल क्षमताको सो भुईंचालोमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ।

– भदौ ५, २०४५को बिहान पौने पाच बजे ६.६ रेक्टर स्केलको भुइचालो गएको थियो। पूर्वी र मध्ये नेपालमा धेरै क्षति भएको थियो। उदयपुर जिल्लामा केन्द्र भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भुईंचालोबाट सात सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्केका थिए।
– २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भुईंचालो उत्तिकै विनासकारी सावित भयो । यो भुईंचालोपछी धेरै दिनसम्म सानासाना पराकम्प गइरहेका छन्। – श्रोत : विकिपीडिया

तपाईको प्रतिक्रिया